|

जनकपुरधाम : तत्कालीन नेकपा एमोलेबाट धनुषाको क्षेत्र ३ ‘क’बाट प्रदेश सांसदको उम्मेदवार भएका दिपु भनिने दिपेन्द्र यादव जालसाजी तथा ठगी मुद्दामा पक्राउ परेका छन्।

सहयोगी विकास बैंक जनकपुरका सञ्चालक समितिका सदस्यसमेत रहेका दिपुलाई बुधबार जनकपुरधाम उपमहानगरपालिका ८ बाट प्रहरीले पक्राउ गरेको हो। जग्गा राखेको ऋण दिएको र पछि त्यही जग्गा बेचेपछि दिपुमाथि पीडितले ६ वर्षअगाडि मुद्दा दर्ता गराएको थियो।

उक्त मुद्दामा जिल्ला अदालत धनुषाले २ महिनाअगाडि दिपुविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनी लुकेर बस्दै आएका थिए। पक्राउ परेका दिपुलाई बिहीबार अदालतमा पेश गरिने धनुषाका एसपी शेखर खनालले जानकारी दिए।

जनकपुरधाम उपमहानगरपालिका १० का लालबाबु रौनियारले महोत्तरीको बर्दिवासमा रहेको ५ कठ्ठा जग्गा दिपुको नाममा पास गरेर ५० लाख रुपैयाँ ऋण लिएका थिए। केही वर्षमै रौनियारले ब्याजसहित ७३ लाख भुक्तानी गरे। तर जग्गा फिर्ता नपाएपछि उनीविरुद्ध मुद्दा दर्ता गराएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.