|

सिन्धुली : सिन्धुलीमा पहिलो पटक राति पनि अवतरण र उडान गर्न मिल्ने गरी हेलिप्याड निर्माण भएको छ। सिन्धुलीमाढीस्थित नेपाली सेनाको श्री ९ नम्बर बाहिनी अड्डाले सिन्धुलीको कमलामाई नगरपालिका-६ मा अड्डाभित्र नै ‘नाइट हेलिप्याट’ निर्माण गरिएको हो।

श्री बर्दबहादुर गण सिन्धुली र कमलामाई नगरपालिकाको सहयोगमा श्री ९ नम्बर बाहिनी अड्डाभित्रले निर्माण गरेको ‘नाइट हेलिप्याड’को एक कार्यक्रमका बीच पृतनापति उपरथी ताराध्वज पाण्डेले बुधबार उद्धघाटन गरे।

सिन्धुली जिल्ला र आसपासका जिल्लामा आपत् विपद्को समयमा उद्धार तथा मौसम प्रतिकूलताको समयमा सैनिक तथा गैरसैनिकले पनि अवतरण गर्न मिल्ने गरि हेलिप्याड निर्माण गरिएको बर्द बहादुर गण सिन्धुलीका गणपति राजीव थापाले बताए।

‘सिन्धुलीमा अहिलेसम्म हेलिप्याड थिएन। हाम्रो र नगरपालिकाको प्रयासमा चौबिसै घण्टा सञ्चालमा हुने गरी दिन र रात्रिको समयमा पनि अवतरण र उडान गर्न सकिने गरि मध्य आकारको मिलिटरी स्ट्याण्डरको हेलिप्याड निर्माण गरेकाछौं’ उनले भने।

उक्त हेलिप्याड कमलामाई नगरपालिकाको ६ लाख ५० हजार सहयोगमा बर्दबहादुर गणको श्रम गरी कुल २२ लाख लागतमा निर्माण गरिएको उनले बताए। उक्त हेलिप्याड उद्घाटन गरे पनि परीक्षण उडान भने गरिएको छैन्। अब छिट्टै नै सम्बन्धित निकायलाई पत्रचार गरि परीक्षण उडान गरिने सेनाले जनाएको छ।

हेलिप्याड नहुदाँ नबन्दासम्म जिल्लामा खुल्ला चौर खोज्दै हेलिकप्टर अवतरण र उडान गर्नुपर्ने बाध्यता थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.