|

विश्व बक्सिङका लागि बुधबारको रात निकै स्तब्धपुर्ण रह्यो। व्यवसायिक बक्सिङ प्रतिस्पर्धाको दौरान घाइते बनेका अमेरिकी बक्सर प्याट्रिक डेको
निधन भयो।

अमेरिकाको सिकागोमा शनिबार अमेरिकन खेलाडी चार्ल्स कोनवेलसँगको प्रतिस्पर्धा दौरान घाइते भएका प्याट्रिकको बुधबार निधन भएको हो। सुपर वेल्टरवेट फाइटको १० औं राउण्डमा प्याट्रिक नकआउट भएका थिए। कोनवेल कडा पन्चले नकआउट भएका उनलाई स्ट्रेचरमा राखेर रिङबाहिर निकालेर हस्पीटल पुर्याइएको थियो।

घाइते भएपछि २७ वर्षे उनलाई तत्काल अस्पताल लगिएको थियो। तर, चार दिनपछि उनको अस्पतालमा निधन भएको हो। प्याट्रिकले २२ फाइटमा १७ खेल जितेका थिए। गत जुलाईमा फाइटको दौरान रसियन बक्सर म्याक्सिम डाडासेभको पनि निधन भएको थियो। पछिल्लो समय बक्सिङमा ब्यबसायिक खेलाडीहरुको निधनले खेलाडी सुरक्षाको प्रश्न खडा भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.