|

काठमाडौं :विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले वर्ल्ड टी-२० क्‍वालिफायरको पूर्वसन्ध्यामा युएईका तीन खेलाडीलाई प्रतिबन्ध लगाएको छ। भ्रष्टाचारविरोधी संहिताविपरित काम गरेको भन्दै युएईका कप्तानसहित तीन क्रिकेटरलाई निलम्बन गरिएको हो।

आईसिसीले युएईका कप्तान मोहमद नाबिद, तीव्र गतिका बलर क्‍वादर अहमेद र ब्याट्सम्यान शैमान अनवारलाई भ्रष्टाचार अभियोगमा निलम्बन गरेको हो।

नाभिदलाई युएईले यसै साता कप्तानबाट हटाएको थियो। उनको स्थानमा अहमेद राजालाई कप्तानको जिम्मेवारी दिइएको छ। अलराउन्डर नाबिदलाई खेलका दौरान भ्रष्टचार गरेको आरोप छ। 

नाबिदले अरुलाई प्रभावमा पार्न खोजेको, अनुसन्धानमा सहयोग नगरेको पनि अभियोग छ। यस्तैगरी शैमानले खेलमा अनुचित प्रभाव पार्न खोजेको आइसिसीको आरोप छ।

आइसिसीले नाबिदलाई दर्जन, अहमेदलाई ६ र शैमानलाई २ वटा अभियोग लगाएको छ। उनीहरुलाई ३० अक्टोबरभित्र अपिल गर्न आइसिसीले निर्देशन दिएको छ। आइसिसी टी-२० विश्वकप छनोटअघि महत्वपूर्ण तीन खेलाडी निलम्बनमा पर्दा युएईलाई झड्का लागेको छ। युएईले शुक्रबार छनोटमा ओमानसँग खेल्दैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.