|

एजेन्सी : चीनले ७५ वर्षका लागि सोलोमोनको एउटा विशाल द्वीपलाई लिजमा लिएको छ। सोलोमोनसँग कूटनीतिक सम्बन्ध स्थापित गरेको केही समयमै चीनले रणनीतिक महत्वको उक्त द्वीपलाई लामो समयमा लागि लिजमा लिएको हो।

चीनले यो द्वीप लिजमा लिनुभन्दा केही साताअघिसम्म सोलोमोन प्रशान्त महासागर क्षेत्रमा ताइवानको प्रमुख सहयोगीका रुपमा थियो। विश्वराजनीतिमा एकदमै महत्वाकांक्षी र रणनीतिक मानिएको यो कदमबारे चीनले आधिकारिकरुपमा केही पनि बोलेको छैन।

तुलागी नामको यो द्वीप बेलायत र जापानको दक्षिण प्रशान्त क्षेत्रको हेडक्‍वार्टरका रुपमा रहिसकेको छ। दोस्रो विश्व युद्धका क्रममा यसको गहिरो पानीले मजबुत सैन्य हतियार बनाउन सहयोग गरेको थियो। अहिले यो एकदमै महत्वपूर्ण रणनीतिक क्षेत्र चीनको कब्जामा गएको हो।

न्यूयोर्क टाइम्सको एक रिपोर्ट अनुसार अघिल्लो महिना चीन र सोलोमोन द्वीपको प्रान्तीय सरकारबीच एक गोप्य सम्झौता भएको छ। यो सम्झौतासँगै सोलोमोन चीनको बेल्ट एन्ड रोड परियोजनाको नयाँ सदस्य पनि भएको छ। 

जस अननुसार चीनको कम्युनिस्ट पार्टीसँग जोडिएको कम्पनीले पुरै तुलागी द्वीप र यसको आसपासको अधिकांश क्षेत्र आफ्नो योजना अनुसार विकासका लागि किनिसकेको छ।

यस गोप्य सम्झौताले तुलागीका बासिन्दा चकित भएका छन्। उनीहरुले अमेरिकी अधिकारीलाई सतर्क गराइसकेका छन्। अमेरिकाले यस द्वीपलाई दक्षिण प्रशान्त महासागरमा चीनलाई रोक्ने र महत्वपूर्ण समुद्री मार्गको सुरक्षाका लागि अहम् मान्दै आएको छ।

चीनले आफ्नो वैश्विक महत्वाकांक्षालाई पूरा गर्ने रणनीति अनुसार यो द्वीप किनेको हो। न्यूजिल्यान्डको क्यान्टरबरी विश्वविद्यालयका चिनियाँ शोधकर्ता एन मोरी ब्र्याडीले यो द्वीपको भौगोलिक अवस्थाले यो कति राम्रो र रणनीतिक महत्वको पुष्टि गर्ने बताए। 

चीनले दक्षिण प्रशान्त महासागरमा आफ्नो सैन्य प्रभाव बढाइरहेको छ। यसै क्रममा उसले बन्दरगाह र एयरफिल्डमाथि आफ्नो नियण्त्रण स्थापित गर्न खोजिरहेको छ। बेइजिङको दक्षिण प्रशान्त महासागरमा आर्थिक, राजनीतिक र सैन्य महत्वाकांक्षा जोडिएको छ। 

यो क्षेत्र प्राकृतिक संशाधनले अत्यन्तै धनी छ। चीनको लगानी भएपछि अब अमेरिका-अस्ट्रेलियाको चिन्ता बढ्ने निश्चित छ। अब बेइजिङ यहाँ समुद्री जहाजदेखि लिएर प्लेनसम्म ल्याउने तयारीमा छ। आफ्नो सैन्य पकड मजबुत बनाउनेतर्फ चीनले यहाँ काम गर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.