|

विश्व फुटबलमानै बहुप्रतिक्षित मानिने एल क्लासिको भिडन्त स्थगित भएको छ। स्पेनिस फुटबल महासंघले लालिगाका चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोना र रियल मड्रिडबीच आगामी साता तय भएको खेल स्थगित गरेको हो।

क्याटलोनियामा बढ्दो राजनीतिक अस्थिरताको कारण देखाउँदै एल क्लासिको खेल स्थगित गर्ने निर्णय महासंघले लिएको हो।  बिहिबार समेत आन्दोलनकारी र सुरक्षा निकायबीच झडपका घटना भएपछि बार्सिलोना र रियलको चाहान विपरीत खेल रोक्ने निर्णयमा महासंघ पुगेको हो।

क्याटलान क्लब बार्सिलोनाको घरेलु मैदान नाउ क्यापमा  २६ अक्टोबरमा सिजनको पहिलो एलक्लासिको भिडन्त हुने तय भएको थियो। विविध विकल्पमा छलफल गर्दै स्पेनिस फुटबल महासंघले एल क्लासिको रियल म्याड्रिडको मैदान सार्न प्रस्ताव गरेको थियो। तर दुवै क्लबले सो प्रस्तावलाई अस्विकार गरेको थिए।

केही दिन अघि स्पेनिस अदालतले क्याटलानका तत्कालिन उपराष्ट्रपतिदेखि सभामुखसम्मेत ९ जना नेतालाई १३ वर्षसम्म जेल सजाय तोकेको थियो। त्यसयता क्याटलान शहरमा दिनहुँ विरोध प्रदर्शनहरु भइरहेका छन्।

ला लिगाकाअनुसार आगामी सोमबार नयाँ मितिका विषयमा निर्णय हुन सक्ने जनाइएको छ। यद्यपि डिसेम्बर १८ को नयाँ मिति प्रस्ताव गरिएपनि टुंगिन बाँकी रहेको छ। स्पेनिस लिगमा रियल मड्रिड १८ अंक सहित शीर्ष स्थानमा छ। बार्सिलोनाले १६ अंक सहित रियललाई पछ्याईरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.