आँधीका कारण गद्दी आरोहण तीन साता सारियो

|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको आसन्न जापान भ्रमण अनिश्चित भएको छ । त्यहाँका नयाँ राजा नारुहितोको गद्दी आरोहण समारोह तीन साता पर सर्ने भएपछि राष्ट्रपतिको जापान भ्रमण अनिश्चित बनेको हो। यद्यपि हाम्रो परराष्ट्र मन्त्रालयले भने जापानको औपचारिक जानकारी नपाएकोले भ्रमणको पूर्वनिर्धारित कार्यक्रममा कुनैं फेरबदल नभएको जनाएको छ ।

हाल म्यानमारको चार दिने भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी कात्तिक २ मा जापान जाने कार्यतालिका छ। कात्तिक ५ मा हुने गद्दी आरोहण समारोहमा भाग लिएर ६ गते नेपाल फर्किने राष्ट्रपति भण्डारीको कार्यक्रम छ।

जापान सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद्ले त्यहाँ सामुद्रिक आँधीले ठूलो क्षति भएको अवस्थामा नयाँ राजाको गद्दी आरोहण तीन साता पर सार्ने निर्णय गरिसकेको छ । जापानी समाचार माध्यम एनएचकेक्योडो न्यूजका अनुसार अक्टोबर २२ मा हुने भनिएको नयाँ राजाको गद्दी आरोहण तथा परेड समारोह १० नोभेम्बरका लागि सारिएको छ । 

यो पनि : राष्ट्रपति शीतल निवासबाट पहिलो पटक हेलिकोप्टरमा एयरपोर्ट

नयाँ राजाको गद्दी आरोहण समारोहमा जापानले इम्पेरियल प्यालेसबाट अलास्का इम्पेरियल रेसिडेन्ससम्म करिब ५ किलोमिटर परेडसहितको समारोहको तयारी गरेको थियो। 

तर कम्तीमा ८० जनाको ज्यान जानेगरि गतसाता शनिवार शक्तिशाली हगिबिस आँधी आएपछि जापान सरकारको सम्पूर्ण शक्ति अहिले राहत र उद्धारमा केन्द्रित छ। त्यहाँका सुरक्षाकर्मी आँधी प्रभावित क्षेत्रमा उद्धारमा जुटेका छन्। 

६० वर्षयताकै शक्तिशाली आँधीले कयौँ मानिसको मृत्युपछि देश शोकमा रहनुका साथै उद्धार पनि चलिरहेकाले जापानले गद्दी आरोहण समारोह तीन साता पर सार्ने निर्णय लिएको हो।

परराष्ट्र भन्छ : जानकारी छैन

जापान सरकारले नयाँ राजाको गद्दी आरोहण समारोह स्थगित गरेको कुनैं जानकारी अहिलेसम्म जापान स्थित नेपाली दुतावास र यहाँ परराष्ट्र मन्त्रालयलाई प्राप्त नभएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

पढ्नुस् : म्यानमारका नेपाली समुदायमाझ राष्ट्रपति (फोटो फिचर)

परराष्ट्रका एक अधिकारीका अनुसार जापानस्थित नेपाली दूतावासलाई पनि जापान सरकारले गद्दी आरोहण समारोह स्थगित गरिएकोबारे औपचारिक जानकारी नगराएकाले अहिलेसम्म राष्ट्रपतिको भ्रमण तालिका यथावत नै छ। 

परराष्ट्रमन्त्रालयले शुक्रबार बिहान एक विज्ञप्ति निकालेर राष्ट्रपति भण्डारीको भ्रमण तालिका सार्वजनिक गरेको छ । परराष्ट्रले निकालेको विज्ञप्तिमा राष्ट्रपति कात्तिक २ मा जापान गएर कात्तिक ६ मा फर्किने कार्यतालिका उल्लेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.