|

बागलुङ : बागलुङ नगरपालिका–१ रामरेखाको जसवीरटोलको सडकमा गरिएको कालोपत्रे २४ घण्टा नपुग्दै उक्किएको छ। एकैदिनकादिनकालोपत्रे उक्किएपछि गुणस्तरहीन काम भन्दै बागलुङ नगरपालिकाले त्यसलाई पुन: कालोपत्रे गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ।

‘सडक अनुगमनगर्दा कमसलखालको कालोपत्रे भएको पायौं’ नगरपालिकाकाइन्जिनियर मनोज शर्माले भने–‘अहिले हामीले त्यसलाई भत्काएर पुनः कालोपत्रे गर्न निर्देशनदिएकाछौं।’सो सडकमा तिलकनिर्माण सेवाले कामगरिरहेको थियो। स्थानीयको गुनासो पछि नगरपालिकाले अनुगमन गरेको हो।

सडकमा ग्राभेलपछिको धुलो सफानगरी कालोपत्रे बिच्छाईएकाले कालोपत्रे उक्किएको इन्जिनियर शर्माले बताए। काम गुणस्तरहिन गरेको भन्दै जस्वीरटोलका स्थानीयले कालोपत्रे काम थालेदेखि नै सडकमा निगरानी बढाएका थिए। 

कालोपत्रे गरेको भाग हेर्दा कमजोर भएका स्थानमाजाँचगर्दा उक्किनथालेपछि स्थानीयले नै नगरपालिकामाखवर गरेका थिए। नगरपालिकाले निरीक्षण गर्दा काम गुणस्तरहीन पाइएपछि त्यसलाई भत्काएर पुन: गर्न निर्देशन दिएको नगर प्रमुख जनकराज पौडेलले बताए।

सडक बोर्डको ८३ लाख अनुदान सहयोगमा बागलुङ नगरपालिकाले नगरक्षेत्र भित्रका विभिन्न सडकहरु मर्मत गरिरहेको छ। उक्त योजना अन्तरगतका सबै कामको ठेक्का तिलक निर्माण सेवाले पाएको नगरपालिकाले जनाएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.