|

उदयपुरः सुरुमा मकै बालीमा देखिएको फौजी किराको संक्रमण धान बालीमा पनि देखिएपछि उदयपुरमा किसान चिन्तित बनेका छन्। पहाडी क्षेत्रमा मकै बालीमा देखा परेको फौजी किरा अहिले पाक्न लागेको धानमा बालीमा देखा परेपछि किसान चिन्तित बनेका हुन्।

धानको फेदको केही माथिल्लो भागमा गोवार लागे जसरी किरा बसेर धानको बोट मार्न सक्ने किराले धानबाली नष्ट भएको त्रियुगा नगरपालिका ११ शिव दाहाल बताउँछन। ‘पाक्न लागेको धान बालीमा एका एक फौजी नामक किरा देखापर्‍यो,’ उनले भने, ‘धान राम्रारी नपाक्दै काटेर घर ल्याउन बाध्य बनायो।’

पहाडी क्षेत्रको मकैमा देखा परेको फौजी किरा एका एक जिल्लाको भित्री मधेसमा  पर्ने धान खेतमा देखा परेको छ।

फौजी किरानको आक्रमणले पाकेको धानको बाला काटेर भुइँमा झरिदिँदा ठूलो नोक्सानी किसानले बेहोर्नु दुखेसो गर्दै आएका छन। फौजी किरा दिनभर धानको गाँजमा लुक्ने र राती एकसाथ फौजी शैलीमा धानबालीमा सक्रिय हुने गरेको उही किसान दाहालको भनाइ छ।

फौजी शैलीमा किराले धानको बालामा आक्रमण गर्ने भएका कारण कृषि विज्ञान केन्द्रका निमित्त प्रमुख बासु ढुंगानाले बताए। किराले खानेभन्दा बढी काट्ने हँुदा खेतैभरि धान खसेको देखिन्छ। ‘किसानहरुले पाकिसकेको धान जोगाउन किसानले कृषि ज्ञान केन्द्र र स्थानीय तहसँग हारगुहार गरिरहेका छन्।’ उनले भने, ‘अहिले जिल्लाभरी किसानको धान खेतीमा फौजी किराको आतंक बढेको छ।’

उनका अनुसार उदयपुरमा हालसम्म बेलका नगरपालिकामा २० हेक्टर, चौदण्डीगढी नगरपालिकामा १५ हेक्टर र त्रियुगा नगरपालिमा एकसय ६ हेक्टर धानबाली फौजी किराले क्षति पुर्‍याएको छ।

‘कटारी नगरपालिकामा अन्य चार गाँउपालिकामा पनि क्षति पुर्‍याएको किसानहरुले गुनासो गर्दै आएका छन,’ उनले भने, ‘त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाको कृषि शाखाबाट आएको जानकारी अनुसार अहिलेसम्म उदयपुरमा एकसय ४१ हेक्टर धान बालीमा फौजी किराले क्षति पुर्‍याएको छ।’

कृषि ज्ञान केन्द्र उदयपुरमा अनुसार जिल्लामा कुल धान उत्पादन हुने जग्गा १३ हजार ३ सय ८० हेक्टर छ। उदयपुरको भित्री मधेसमा पर्ने कटारी, त्रिवेणी, रिस्कु, गाईघाट, नेपालटार, हडिया, जोगिदह, वेल्टार, वसाहा, सुन्दरपुर, रामपुर ठोक्सिला लगायतका क्षेत्रमा हुने गर्दछ। त्यही क्षेत्रमा फौजी किराको प्रकोप बढेको ज्ञान केन्द्रको भनाइ छ।

उदयपुरमा वर्षे धान, भदैया, चैते धान गरी जम्मा १४ हजार सातसय ५६ हेक्टर जमिनमा ५८ हजार नौ सय ५८ मेट्रिकटन वार्षिक धान उत्पादन हुँदै आएको छ।

फौजी किरानको नियन्त्रणको लागि पाक्न लागेको धान काट्ने, पसाउँदै गरेको धान भए पानी लगाउने, धान खेतीमा बत्ति बाल्ने अनि बजारमा उपलब्ध भएका विषादीको प्रयोग गर्न किसानलाई आग्रह गरिएको कार्यलयले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.