सुमनको ह्याट्रिक

|

चितवन : चितवनको नारायणगढमा जारी जेसिज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ। शुक्रबार भएको प्रतियोगिताको दोस्रो खेलमा सरस्वती युवा क्लब काठमाडाैंलाई ५-० गोल अन्तरले पराजित गर्दै पुलिसले विजयी सुरुवात गरेको हो। 

पुलिसको जीतमा जर्सी नम्बर ९ का सुमन तामाङले ह्याट्रिक गरे। उनले खेलको पहिलो १ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। सुमनले ७३ औं र ७९ औं मिनेटमा गोल गरेका थिए। यस्तै, जर्सी नं. १४ का निरकुमार राईले २४ औं मिनेटमा एक गोल गरेका थिए भने १३ न जर्सीका हेम तामाङले ४८ औं मिनेटमा १ गोल गरे। 

पुलिसका सामु निक्कै कमजोर प्रदर्शन गरेका सरस्वतीले केही अवसर पाए पनि सदुपयोग गर्न नसक्दा पहिलो खेलबाटै घर फर्कनुपर्‍यो। खेलको म्यान अफ दि म्याच पुलिसका सुमन बनेका छन्। प्रतियोगिताअन्तर्गत भोलि सशस्त्र प्रहरी बल टिम र झापा ११ भिड्ने आयोजकले जनाएको छ। 

प्रतियोगिताको विजेताले ६ लाख ६ हजार ६६ रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख ३ हजार ३३ रुपैयाँ पाउनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.