|

धनगढी : डोटीमा शनिबार अपराह्न यात्रुबाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ। 

घाइतेहरूलाई उपचारको लागि अत्तरियास्थित पद्मा अस्पतालमा ल्याइएको छ। डडेल्धुराबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ४ ख ८२३५ नम्बरको बस जोरायल गाउँपालिकास्थित भीमदत्त राजमार्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ। बस अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

यद्यपि दुर्घटनाको कारण खुल्न सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.