|

उदयपुर : पूर्व–पश्चिम जोड्ने वैकल्पिक मार्गको रुपमा सरकारले उच्च प्राथमिकतामा राखेको मदन भण्डारी राजमार्गको निर्माण कार्य धमाधम भइरहेको छ। भित्री मधेसका जिल्लाहरुलाई सहज रुपमा यातायताको पहुँच जोड्ने लक्ष्यसहित झापाको शान्ति नगरदेखि डडेलधुरासम्म जोड्ने राजमार्गको कामले उदयपुरमा चिल्लो पिच सडक बनेको हो।

तीन खण्डमा काम भईरहेको मदन भण्डारी राजमार्गको पूर्वी खण्डअन्‍तर्गत उदयपुरको बसाहादेखि सिन्धुलीको भिमानसम्म, सडक र पुलको पुलको काम धमाधम भइरहेको छ। उदयपुरको चुरे क्षेत्रको काखैबाट जाने सडकले उदयपुरलाई दुई भागमा विभाजन गरेको छ। जसले गर्दा उदयपुरको सम्बृद्धि आर्थिक सम्बृद्धिको आधार खडा गर्ने बताइन्छ।

पूर्वी खण्डमा पर्ने उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं ३ बसाहाको वीरेन्द्रचौकदेखी सिन्धुलीको भिमानसम्मको सडक निर्माणको काम धमाधम भईरहेको आयोजना कार्याालय गाईघाटले जनाएको छ।

४३ वटा पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। मदनभण्डारी राजमार्गको पूर्वी खण्ड अन्तर्गत निर्माणाधीन १३४ किलोमिटर सडकमा पर्ने ४३ वटा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको पुल निर्माणको ठेक्का पाएको कोभेक, रसुवा तुदी जेभीका प्रतिनिधि सुर्दशन देवकोटाले जानकारी दिए। यता, भौतिक प्रगति ५० प्रतशित नागेको सडक कार्यालले जानकारी दिँदै आएको छ।

निर्माणाधीन मदन भण्डारी राजमार्ग पूर्वी खण्ड उदयपुरको वेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, उदयपुर गढीगाउँपालिका तथा कटारी नगरपालिका भएर सिन्धुलीको दुधौली नगरपालिका र कमलामाई नगरपालिका हुदै हेटौडासम्म जोड्ने सडक अहिले पिच हुँदै गएको छ।

पूर्वी खण्ड निर्माण गर्न जेडआइइसी लामा एण्ड शर्मा जोइन्ट भेन्चर काठमाडौले ६ अर्व ५४ करोड २९ लाख ३२ हजार नौसय ३७ रुपैँयामा ठेक्का लिई आगामि २०७७ भदौ ४ गतेसम्ममा निर्माण सम्पन्न गर्नु पर्ने आयोजनाको कार्यालयले जानकारी दिएको छ।

करिव सात किमि चौडाइमा थप पाँच सेमि मोटो अस्पाइल्ट कङ्क्रिट डिजाइनको कालोपत्रेयुक्त र सुरुमा धरान चतरा गाईघाट कटारी सिन्धुली हेटौँडा सडक आयोजनाको नाम दिइएको यस मदनभण्डारी राजमार्गको पूर्वी खण्डमा एकसय ३५ किलोमिटर सडक पर्दछ।

छोटो दूरीको यो सडक निर्माण नहुँदा लामो दूरी हुँदै राजधानी तथा अन्य क्षेत्रमा जान बाध्य यहाँका मानिसहरुमा यो सडक निर्माण भएसँगै खुसी ल्याएको छ। सामाजिक र आर्थिक रुपान्तर हुने भएकोले पूर्व निर्धारित समयमा निर्माण कार्य सम्पन्न हुनुपर्ने स्थानीय बासिन्दाको माग समेत रहेको छ। उदयपुरको पूर्वदेखि पश्चिमसम्म अहिले यातयात सञ्चालनमा समेत सहज भएको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.