|

काठमाडौं : काठमाडौंको आकाशमा हेर्दा प्रायः हवाईजहाज उडिरहेको देखिन्छ। आकाशमा उडिरहेका जहाज हेरिरँहदा कहिले काहीँ खुल्दुली हुन्छ‚ कहाँबाट आयो? कहाँ जाँदै छ? 

यस्तै‚ यो जहाजमा कति जना होलान्? यहाँ मात्रै होइन‚ विश्वका सबै देशका आकाशमाथि हवाईजहाज उडिरहेका हुन्छन्। आकाशमा एकैपटक कति जहाज उड्दै होलान् भन्ने पनि लाग्छ।

एभिएसन डाटा कम्पनीजस्तै  फ्लाइट अवेयरले विश्वभरिको आकाशमा उड्दै गरेका जहाजको ट्रयाक गरिरहेको हुन्छ। जसको पछिल्लो डाटाअनुसार एक पटक आकाशमा औसतमा नौ हजार ७२८ वटा जहाजमा लगभग १२ लाख ७० हजार यात्रु लिएर उडिरहेको हुन्छन्।

सन् १९०३ मा राइट दाजुभाइको सफल उडानपछि विज्ञानले उड्डयन क्षेत्रमा गरेको विकासले विश्वलाई साँघुरो बनाइसकेको छ। किनकि‚ केही घण्टा मै विश्वको एउटा कुनाबाट अर्को कुनामा पुग्न सकिने भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.