|

डडेल्धुरा : नेपाल आइडल सिजन-२ का विजेता तथा गायक रवि ओडले डडेल्धुरेली दर्शकलाई नचाएका छन्। दीप ज्योति युवा क्लव, दह भेटाको आयोजनामा बुधबारदेखि सुरु भएको बृहत सांस्कृतिक, फुटबल तथा जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा विभिन्न गीत गाउँदै उनले सहभागी दर्शकलाई नचाएका हुन्।

उनले आफूले गायकका गीतसँगै नेपाल आइडल सिजन२ मा गाएका गीतमा दर्शकलाई नचाए। उनले आधा दर्जनभन्दा बढी गीत गाएका थिए। दर्शक उनीसँगै नाच्न स्टेजमा समेत पुगेका थिए।

उनले फेवा तालमा साइलीसँगै विभिन्न सुदूरपश्चिमेली देउडा गीतसमेत गाएका थिए। रविले गीत गाएर दर्शकलाई झुमाएका थिए। दर्शक दीर्घाबाटै हात हल्लाउँदै उनका गीत सुन्नुका साथै छमछमी नचाएका थिए दर्शक। रवि दर्शकसँगै आफू पनि स्टेजमा नाचेका थिए।

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.