|

कञ्चनपुर :  तिहार नजिँकिदै गर्दा सबैका आँगनमा रङ्गी विरङ्गी फूलहरुले सौन्दर्यता बढाएको छ। स्थानीय बासिन्दाका घर आँगन, छत र बारीमा मखमली, सयपत्री, चमेलीलगायतका दर्जनौं प्रजातीका फुलहरु फुलेका छन्।

जताततै फूलहरुले गर्दा दृश्य मनोरम देखिन थालेको छ। स्थानिय बासिन्दाका कौसी, छत, बारी र आँगनमा थरिथरिका फूलले शोभा बढाएको छ। फूलमा माहुरी र पुतलीहरु झुम्मिएको दृश्यले झनै मनलाई मोहित बनाउने गरेको छ। नदी, वन क्षेत्र जताततै फूल फुलेर माहोललाई रोमाञ्चित बनाएको छ।

फूलको प्रयोग देव पूजा, पितृ पूजा संगै दशैं र तिहारलगायतका अवसरमा प्रयोग हुने गरेको छ । विभिन्न रंगका फूलका आ आफनै बिशेषता समेत रहेका छन । 
देविदेवतामा समेत विभिन्न फरक फरक रंगका फुलहरु चढाईने गरिन्छ। शुभ कार्यमा फुलको गुच्छा उपहारका रुपमा समेत दिईने गरिएको छ। 

फूल फुल्न थालेपछि घरमा सुखियाली आउने विश्वास समेत रहेको छ। फूल मन नपर्ने सायदै कमै होलान । फुलले सबैलाई मोहित पार्ने भएकाले पर्यटक आर्कशण बढाउन र पार्कहरुलाई सोभायामान बनाउनका लागि फूल रोप्ने गरिन्छ । 

घर सजावट देखि कार्यालय सजावटमा समेत फुलकै प्रयोग गरिन्छ । विवाह लगायतका सुभ कार्यमा मालाका रुपमा देखि घर सिंगार्न, राजनीतिक दलका कार्यक्रमहरु, सभा, बैठक, सम्मेलन स्थल सिंगार्न समेत फुलको प्रयोग हुने गरेको छ । 

समयमै वर्षा हुदा यस वर्ष तिहारका लागि कञ्चनपुरमा भने फुलको अभाव नहुने भएको छ। व्यवसायीक रुपमा फुलको खेती नहुने गरेपनि सबैका आँगनमा फुल फुलेकाले भारतीय फुलहरुका मालाहरु खपत कमै मात्र हुने भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.