|

काठमाडौं : कात्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार। आज कागको पूजा गरी विभिन्न परिकार खान दिइँदैछ। यमराजको दूत वा सन्देशबाहक पक्षीको रूपमा कागको पूजा गरिन्छ। सनातन हिन्दु समाजमा कागलाई यमराजको सन्देश सुनाउने दूतका रूपमा पनि लिइन्छ।

कागकाे आवाजको प्रकृतिअनुसार राम्रा नराम्रा खबरको अनुमान लगाइन्छ। कागले भूकम्प अादि प्राकृतिक विपत्तिकाे अग्रिम सूचना पनि दिन्छ भन्ने विश्वास गरिन्छ। यस्ता गुण भएकाले यमपञ्चकको पहिलो दिन कागको पूजा गरिन्छ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ। काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।

‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रही आएको छ।

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.