|

जुम्ला : उपराष्ट्रपति  नन्दबहादुर पुनले खस भाषाको उद्गमस्थल एकपटक पुग्नैपर्ने ठाउँ भएको बताएका छन्।  शुक्रबारदेखि लासीपाटमा  सञ्चालन भएको ३ दिने सिजा  बृहत प्रर्यटन महोत्सव उद्घाटन गर्न जुम्ला पुगेका  उपराष्ट्रपति पुनले यस्तो बताएका हुन्। 

उनले भने  ११ महिनाको अन्तरालमा दोस्रो पटक सिँजा क्षेत्रमा पुग्ने अवसर प्रदान सिँजा खस सभ्यताले गरेको छ। उनले  खसभाषाको  उत्पति थलो सिँजा नै रहेको बताए।

उपराष्ट्रपति पुनले सत्यमोहन जोशीको  कृतिले खस सभ्यतालाई चिनाएको  बताए। उपराष्ट्रपति पुनले भने हामीले  कर्णालीमा आउने पर्यटकले सडकमा सास्ती पाइएको  गुनासो सुन्न पाइएको छ।

कर्णालीको विकास र पर्यटकमैत्री सडक बनाउन  सरकाले नाग्मा गमगडी सडकलोपत्रको लागि बजेट छुट्याएको छ। अब कर्णाली करिडोरलाई सरकारले प्रथामिकता दिने छ। उनले भने, 'कर्णालीको समृद्धिले देशलाई विकास गर्नेछ।'

 संस्कृति हेर्न गाउँमा आउन आग्रह

कनकासुन्दरी गाउँपालिकाले आयोजना गरेको पर्यटन तथा सांस्कृतिक महोसत्वमा  सिँजावासीले उपराष्ट्रपति  नन्दबहादुर पुनमार्फत सिँजा खस सांस्कृतिक हेर्न आउन सबैलाई  आग्रह गरेका छन ।

उनीहरुले ठुला शहरमा सझाएर राखेको कृतिम  सम्पदाभन्दा पनि हाम्रा प्रराकृतिक  देवल धारा, मठमन्दिर, पाखापखेरा,  ज्युलोमा झुलोको मार्सिधान, विश्वको अग्लो स्थानमा धान फल्ने पातारासीको छुमाज्युलो, खसभाषाको उद्गमस्थल सिजा सभ्यता,  विराट दरबार, पाडगुफा, र ऐतिहासिक रीतिरिवाज संस्कृतिक हेर्न 

शहरमा होइन गाउँमा तथा सिँजा उपत्यकामा  आउन निम्तो दिएका छन्। परम्परागत  साँस्कृति पञ्चेवाजा, मागल, सिगडे नाच, बालो नाच जस्ता कार्यक्रमका झलक उपराष्ट्रपतिसामु प्रस्तुत गरिएको थियो।

कर्णाली प्रदेशका ३ मन्त्री सिजामा

कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाही  आन्तरिक मामिलातथा कानुनमन्त्री नरेश भण्डारी,  समाजिक मन्त्री दलरावल   सिजा खस सभ्यताको पहिचान बुझ्न  शुक्रबार कनकासन्दरी  गाउपालिकाको लासी साटनमा पुगेका  थिए।

कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहिले सिञ्जाका इतिहासलाई जोगाइ राख्न  प्रदेश सरकार संग्रहालय निर्माणमा जुटेको बताए। उनले भने सिंजा सभ्यता संरक्षणमा स्वयम कर्णालीवासी  एकजुट हुनुर्नेमा उनले जोड दिए।

पूर्वाधार विकासका लागि नाग्म गमगडी सडक कालोपत्रे बनाउने योजना प्रथामिकतामा रहेको उनको भनाइ थियो। कनकासुन्दरी गाउँपालिका अध्यक्ष नरवीर रावतले उपराष्ट्रपति पुनलाई सिँजा खस सभ्यताको विकास, समृद्धिका  र संरक्षणका लागि अनुरोध पत्रसमेत दिएका छन्।

महोत्सवको मुख्य उद्देश्य

कात्तिक १० गते सम्म सञ्‍चालन हुने ३ दिने  सिँजा बृहत  पर्यटन महोत्सवको मुख्य उद्देश्य  प्रचारप्रसार रहेको छ। कनका सन्दरी गाउँपलिकामा पर्ने, कनकासुन्दरी मन्दिर, पण्डपगुफ,  विराट दरबार, लामाथाडा, लासिपाटन, धोबी घाट, सिउबाघ, गौरीनौधारा  लगायत दर्जनौं  धार्मिक तथा प्रर्यटकीयस्थलको प्रचारप्रशार गरिने  कनकासुन्दरी गाउपलिकाले जनाएको छ।

त्यस्तै, परम्परागत खाना, मार्सी  चामलको भात  सिमिको दाल, चिनोको  खिर, फापरको केट, कोदाको रोटी, जस्ता अर्गानीक खानाका प्रकार महोत्सवमा आउने पाउनलाई खुवाइने छ।

 उपराष्ट्रपतिलाई  गाउँपालिकाको अर्गानिक उपहार  

पर्यटन महोत्सव उद्‍घाटन गर्न जुम्ला पुगेका  उपराष्ट्रपति  पुनलाई कनकासुन्दरी गाउँपालिकाले  जुम्लाको अर्गानिक स्याउ कालिमार्सी चामल, भेडाको उनबाट बुनेको ऊनको लिउ उपहार दिइएको छ। 

सिँजाको मौलिक पहिरन

बृहत सिँजा महोत्सवमा, स्थानीयले  पुरुषको पहिरनमा दोचा, दोफर, (जुत्ता मोजा) ऊनीको सुरुवाल, ऊनीको बख्खु (दौरा सुरुवाल) ऊनीको पाखा कोट, भाँउरोको गादो, ढाँका टोपीलगायत पहिरन लगाएका थिए भने महिलाहरूले पनि आफ्नै मौलिक पहिरनमा ठेटुवाको गावन, टुन्डेलाको फरिया, लहरे डौठो, फर्का बादको

डौठो, कालो काम्लो, कुकुर छाप डौठो, ठेटुवाको घाग्रो, झम्के बुलाखी, फुली, कल्ली, बाला, ज्याले, एक्गेडे माला, ठिमुराको माला, पातेमुन्ना, चाँडीको डरको माला, छिपोलगायत पहिरन लगाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.