|

धनगढी : यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ। तिहारका लागि भनेर रोपिएका फूलहरू ढकमक्क फुलिसकेका छन्।

अहिले सबैतिर मखमली, सयपत्री लगायतका फूलहरूले तिहारलाई स्वागत गरिरहेका छन्। घर वरपर लगाइएका फूलहरू फुलेर मनमोहक दृश्य देखिन थालेको छ। व्यक्तिगत प्रयोगका लागि फूल लगाउने गरिएको भए पनि कैलाली कञ्चनपुरमा यसले अझै ब्यवसायीक गति पाउन सकेको छैन।

व्यावसायिक रूपमा फुलको खेती नहुँदा प्रत्येक वर्ष फूल आयात बढिरहेको छ। यस वर्ष मुलुकभर तिहारमा मात्रै १५ करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने अपेक्षा गरिएको छ। मुख्यगरी कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको छ।

तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब आयात गर्नु परे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको अवस्था छ।

विशेष गरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ।  नेपालमा लगभग एक सय ५७ हेक्टर क्षेत्रफलमा सात सय व्यवसायीले यसको व्यावसायिक खेती गर्दै आएका छन्।

विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, लगायत ४१ जिल्लामा ६ सय ७५ पुष्प खेती तथा नर्सरी विस्तार भैसकेको छ। तर, कैलाली कञ्चनपुरमा भने अझै ठुलो परिमाणमा ब्यवसायीक फूल खेती हुन सकेको छैन। व्यक्तिगत प्रयोगका लागि भने यहाँ प्रत्येकका घरहरूमा लगाइएका फूलहरू ढकमक्क फुलिसकेका छन्।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.