|

म्याग्दी : हिमाली जिल्ला म्याग्दीमा देउसी-भैलोको रौनक बढेको छ। नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्वको अवसरमा खेलिएको देउसी भैलोबाट क्षेत्री समाजले ११ लाख रुपैयाँभन्दा बढी आर्थिक सङ्कलन गरेको छ भने अन्य संघ संस्थाहरुले पनि लाखौं रुपमा संकलन गरेका छन्।

‘राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ति क्षेत्री एकता, आजको आवश्यकता’ भन्ने मूलनारासहित क्षत्री समाज म्याग्दीद्वारा सञ्चालित देउसी भैलोमा ११ लाख ५० हजार नौसय १८ रुपैयाँ सङ्कलन गरिएको हो।

भैलो खेल्न सुरु गरिएको तीन दिनको अवधि अन्तर्गत आइबारसम्म सो परिमाण बराबरको आर्थिक सङ्कलन गरिएको क्षत्री समाज म्याग्दीले जनाएको छ।

देउसीभैलो कार्यक्रमको क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दी, क्षेत्री महिला समाज म्याग्दी र क्षत्री समाज बेनी नगरपालिकाले संयोजन गरेका छन्।

क्षेत्री समाजको देउसीभैलोमा म्याग्दीका लोक तथा दोहोरी गायक एवं हाँस्यकलाकार रवि कार्की र लोकदोहोरी गायक अमित विश्वकर्माले गीतसङ्गीत र देउसीभैलोको कार्यक्रम सञ्चालन गर्नुका साथै कलाकारको संयोजक गरिरहेका छन्।

यसैबीच देउसीभैलो कार्यक्रमको समीक्षा गरी तिहारको भाइटिकापछि सदरमुकाम बाहिरका क्षेत्रमा पनि पुगेर देउसीभैलो खेल्नेबारे छलफल भइरहेको अध्यक्ष थापाको भनाइ छ।           

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.