|

ओखलढुंगा : तिहारमा गाउँघर ढकमक्क फूलसँगै रंगिएको छ। दशैलगत्तै गाउँ घर फूलहरुले ढकमक्क भएको थिए। गाउँशहर नै बेहुली झैं सिंगारीएको छ। मौशमले कहिले अघि त कहिले पछि कहिले सयपत्री नफूल्दै तिहार आउँछ कहिले सयपत्री फक्रिइसकेपछि तर जे भए पनि फूल र तिहारको प्रगाढ सम्बन्ध रहेको छ।

ओखलढुंगाका गाउँ तथा बजार क्षेत्रमा तिहार संगै सयपत्री फुलेर गाउँशहर ढकमक्क भएका छन्। घरघरमा भएका फूलबारी, बारीका कान्ला, खेतका आली, घरको आँगन, डिलहरुमा सयपत्री रातै पहेँलै फुलेका छन्।

घर वरपर तथा खेतबारीका  कान्लाहरुमा ढकमक्क भएका फूलका बोटहरु यतिबेला थुंगा बिहिन बन्दै छन त कतै कतै ढकमक्क देखीएका छन। यो वर्ष तिहार केहीदिन अघि अर्थात अलि छिटो भएका कारण मखमली र बाबरी त फक्रिन नै पाएका छैनन्।

भाईटिकामा आफ्ना दाजुभाईलाई टिका लगाइदिएर गलाभरी माला लगाउन रोपिएको सयपत्री यसपाली बेलैमा फुलेका छन्। विभिन्न प्रजातिका सयपत्रीहरुले गाउँ नै रंगीन बनेको छ। दशैँ सकिएसँगै ढकमक्क भएको फूलले तिहारको आउँदा बेहुली जस्तै बनेको छ गाउँघर अहिले।

गाउँघरा फुलको खेति गरेपनि व्यवसायिक  नहुँदा खेतबारीमा लगाएका फुलहरु  खेतमै फक्रिएर जाने गरका छन्। गाउँघरमा सयपत्रि फक्रिएर रंगिई रहेका बेला शहर वजारमा भने कृतिम मालाको ब्यापार बढि रहेको  छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.