सुनसरी : यहाँको धरान उपमहानगरपालिका-१५ खोरिया बस्तीमा गएराति एकजना पतिले ढुङ्गाले हानेर पत्नीको हत्या गरेका छन्।
खोरिया बस्तीका ३१ वर्षीय अर्जुन राईले गएराति ८ बजेको समयमा श्रीमती २३ वर्षीया बीना राईलाई सेउती खोलाको निर्माणाधीन पुल नजिकै डिलमा लगेर ढुङगाले हानी हत्या गरेका हुन्। प्रहरीका अनुसार धरान-५ पानवारी माइती बस्दै आएकी बीना बुधबार मात्रै घर आएकी थिइन्।
एकअर्कामा अविश्वास बढेपछि चर्किएको विवाद हत्यासम्म पुगेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए। जीनाको शव टाउको क्षतिग्रस्त भएको अवस्थामा भेटिएको उनले बताए।
पत्नीलाई खोलाको डिलमा लगेर ढुंगाले हानेर हत्या गरेपछि अर्जुन भागेका थिए। घटनालगत्तै प्रहरीले अर्जुनलाई गएराति नै साढे ११ बजे बाँझोगरा सामुदायिक वन नजिकको सेउती खोला पुलमुनि लुकिरहेको अवस्थामा न्यौपानेले जानकारी दिएका छन्।
उनीहरूबीच लामो समयदेखि मनमुटाव थियो। त्यही मनमुटाव नै पत्नीको हत्यासम्म पुगेको हो। अर्जुनमाथि कर्तव्य ज्यान मुद्दामा म्याद थपी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
प्रहरीका अनुसार लामो समयको प्रेमपछि जीनाले अर्जुनसँग २०७० सालमा भागी विवाह गरेकी थिइन्। प्रेमपछि भागी विवाह गरेका उनीहरुबाट जन्मिएकी एक ६ वर्षीया छोरी छिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।