|
३९ शव भएको कन्टेनर

बेलायतमा केही दिन अगाडी कन्टेनरमा मृत अवस्थामा फेला परेकाहरू भियतनामी नागरिक हुनसक्ने बेलायती प्रहरीले जनाएको छ।

प्रहरी अधिकारीहरूले शुक्रबार बताएअनुसार पछिल्लो अनुसन्धानले मृतक सबै जना भियतनामी हुनसक्ने देखिएको बताएका हुन्।

उपप्रहरी प्रमुख टिम स्मिथले ३९ वटा शवको अनुसन्धानबाट यस्तो निश्कर्ष निकालिएको जानकारी दिए। उनले अहिलेसम्म कुनै पनि मृतकको सनाखत भने भइनसकेको र पत्ता लगाउने प्रक्रियामै रहेको बताए।

स्मिथले आफूहरू भियतनामी सरकारको सम्पर्कमा रहेको र मृतकहरूको सनाखत पुष्टि गर्ने प्रमाणहरू संकलन भइरहेको जानकारी दिएका छन्।

यी  व्यक्तिहरूको परिचय पत्ता नलागेको, तर उनीहरूको बारेमा अनुसन्धान र प्रमाण संकलनको काम पनि भइरहेको छ, स्मिथले भने।

शव भेटिएको केही समयपछि प्रारम्भिक अनुसन्धान गर्दा प्रहरीले उनीहरू सबै चिनियाँ नागरिक हुनसक्ने बताएको थियो। गत अक्टोबर २३ मा ग्रेज एसिक्समा औद्योगिक क्षेत्रमा चिसो तापक्रम हुने व्यवस्था गरिएको कन्टेनरभित्र ती ३९ वटा शव फेला परेका थिए।

मृत्यु हुनेमा ३१ पुरुष र आठ महिला रहेका छन्। मृत्युको कारण पत्ता लगाउन शवपरीक्षण भइरहेको अधिकारीहरूले जनाएका छन्। शव भेटिनुभन्दा केही समयअघि २६ वर्षीया एक महिलाले आफ्नो विदेशयात्रा असफल भएको परिवारलाई सन्देश पठाएकी दिएको यसअघि आएको जनाइएको थियो।

लन्डनस्थित भियतनामी दूतावासले शोकसन्तप्त परिवारप्रति सहानुभूति व्यक्त गर्दै मृतकको शव स्वदेश फिर्ता गर्नका लागि परिवारजनलाई सघाउन सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ।

प्रारम्भिक विवरणहरूमा सो कन्टेनर बेल्जियमबाट आएको देखिएको छ। शवहरू फेला परेपछि उत्तरी आयरल्यान्डका चालक मोरिस रबिन्सनलाई पक्राउ गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.