ब्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिए

|

काठमाडौं : मानव सभ्यता, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्य उपासनाको परम्परासँग जोडिएको पर्व हो छठ। छठमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा पनि गरिने गरिन्छ।

मानव सभ्यताको विकास नदी किनारबाट भएको मानिन्छ। छठ पर्वमा नदी र तलाउ किनारबााट सूर्यको आराधना गर्दा आपसी सद्भाव, एकता र सहिष्णुताको सन्देश दिने जनविश्वास छ।

ब्रत बस्नेले छठको पहिलो दिनदेखि नै माछामासु, लसुन, प्याज, कोदो, मसुर नखाएर शुद्ध हुन्छन्। अहिले तराईका जिल्लामा मात्रै नभएइ पहाडी जिल्ला र उपत्यकामा पनि छठ पर्वलाई उत्तिकै महत्व दिने गरिन्छ। राजधानी उपत्यकामा पनि छठ उल्लासका साथ मनाइन्छ। काठमाडौँको कमलपोखरी र गुहेश्वरी क्षेत्रमा छठ पर्वका लागि श्रद्धालु भक्तजनको उल्लेख्य भीड लागेको छ।

सुरक्षा व्यवस्था कडा पारिएको यस क्षेत्रमा भक्तजनहरू हर्षोल्लासकासाथ छठ मनाइरहेका छन्। छठ भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै समापन हून्छ।

उपत्यकामा छठ : फोटो फिचर

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.