|

हेटौँडा : श्रीमद् भागवत्‍को प्रखर वक्ता पण्डित बासुदेव आत्रयको ६५ वर्षको उमेरमा निधन भएको छ। बिस. २०११ मा मकवानपुरको निबुवाटारमा जन्मेका पण्डित विगत ८ वर्षदेखि मिर्गौलाको समस्याले पीडित थिए।

हेटौँडा २ हरिकुञ्ज रोड निवासी पण्डितको आफ्नै निवासमा निधन भएको हो। पण्डितले २ दर्जनभन्दा बढी कृतिको लेखन तथा सम्पादन गरेका छन्।  पण्डितले नेपाल, भारत, भुटानलगायतका देशहरूमा पुगेर हिन्दु धर्मको प्रचारप्रसार तथा भागवत प्रवचन गरेका थिए। उनी हेटौँडामा कुशल संगीतकार तथा गायक, लेखक रूपमा परिचित रहेका थिए।

पण्डित २ हजार पटक भागवत, रामायण तथा १८ पुराण वाचन गर्ने पण्डितमा पर्ने गरेको हेटौँडाका हिन्दु धर्मशास्त्रीहरू बताउँछन्।  पण्डितको हिन्दु परम्पराअनुसार हेटौँडाको राप्ती तटमा आइतबार नै अन्त्येष्टि गरिएको छ। उनका एक छोरा, दुई छोरी र श्रीमतीका रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.