|
फाइल तस्विर

म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका-७ बिममा आइतबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा चारजनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको सनाखत भने हुन सकेको छैन।

दरबाङबाट यात्रु लिएर गएको ग १ ख ४४७६ नम्बरको बस बिमको घुम्तीमा दुर्घटना भएको र चारजनाको घटनास्थलमा नै ज्यान गएको तर परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए। 'घाइतेलाई प्राथमिक उपचार केन्द्रतर्फ ल्याइँदै छ, मृतकको शव गाडीले च्यापिएको अवस्थामा छ', शर्माले भने।

घाइते कति छन भन्ने खुल्न सकेको छैन। घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेका अनुसार प्रहरी र स्थानीय शव निकाल्न र घाइतेको उद्धारमा जुटिरहेका छन्। बसमा तीसजना यात्रु रहेको बुझिएको छ। मोबाइल नेटवर्कमा समस्या हुँदा सम्पर्क हुन सकिरहेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.