|

सिन्धुली : भित्र्याउने समयमा फौजी किराले धान बालीमा आक्रमण गर्दा सिन्धुलीका किसान मर्कामा परेका छन्। केही महिनाअघि मकै बालीमा फौजी किराले आक्रमण गर्दा निरास भएका किसान धान बालीमा पनि फौजी किराले आक्रमण गरेपछि मर्कामा परेका हुन्। 

फौजी किराको संक्रमणबाट जिल्लामा १७ करोड रुपैयाँ बराबरको धानबाली क्षति भएको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ। जिल्लाका १४ हजार ८०० हेक्टरमा धान लगाइएको छ। फौजी किराको संक्रमण नियन्त्रण गर्न नसक्दा कुल धान खेतीमध्ये २५ प्रतिशत अर्थात् करिब तीन हजार ७०० हेक्टरमा फौजी किराले नष्ट गरेको केन्द्रको जनाएको छ।

धमाधम धान भित्राउन बेला फौजी किराले खाएर धानको बाला नष्ट भएको केन्द्रका बागवानी अधिकृत श्रीकृष्ण अधिकारीले बताए। फौजी किराले कमलामाई नगरपालिका, दुधौली नगरपालिका, सुनकोसी गाउँपालिका, मरिण गाउँपालिका र तीनपाटन गाउँपालिकामा लगाइएको धानबालीमा क्षति पु¥याएको अधिकृत अधिकारीले बताए। धान पाकेका बेला किरा लागेकाले नियन्त्रण गर्न कठिन भएको अधिकृत अधिकारीको भनाइ छ । 

‘पाकेको धानमा विषादी प्रयोग गर्न पनि मिल्दैन,’ अधिकारीले भने, ‘यसअघि नौ हजार हेक्टरभन्दा बढी क्षेत्रफलको मकैबालीमा क्षति गरेको थियो। मकैको सिजन सकिएपछि फौजी किराले धानबाली समातेको हो।’

लगाएको सबै धान नष्ट भएपछि किसान चिन्तित छन्। फौजी किराले अझै क्षति गर्नसक्ने भन्दै पाकेको धानबाली तत्काल काटेर सुरक्षित गर्न कृषि ज्ञान केन्द्रले किसानहरूलाई आग्रह गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.