|

संखुवासभा : ११ दिनदेखि अवरुद्ध रहेको जिल्ला अस्पतालमा खाँदबारीमा मंगलबारबाट प्रसूति सेवा सञ्चालन भएको छ। सुरक्षित मातृत्व सेवाका चिकित्सक घर विदामा बसेपछि प्रसूति सेवा अवरुद्ध भएको थियो।

अवरुद्ध प्रसूति सेवा मंगलबारबाट सूचारु भएको अस्पताल प्रशासनका कर्मचारी दिपेश श्रेष्ठले जानकारी दिए। अस्पताल प्रशासनले एकै पटक दुबै चिकित्सकलाई विदा दिए पछि सेवाग्राही सास्ती पाएका थिए। जिल्ला अस्पतालमा चिकित्सक नभएपछि २४ घण्टे प्रसूति सेवा गत कात्तिक ८ गते भएको थियो। चिकित्सक नभएपछि प्रसूति सेवा गराउन आउने सेवाग्राही लाखौ खर्चर अन्यत्र लैजाने गरेका थिए।

खाँदबारी अस्पतालमा दैनिक ५ जना भन्दा बढी प्रसूति सेवा लिन आउने गरेको अस्पताल प्रशासनले जनाएको छ।  निक साइमन नामक संस्थाले सुरक्षित मातृत्व सेवाका लागि दुई जना चिकित्सक उपलब्ध गराएको भए पनि दुबै जना चिकित्सकले अस्पताल छाडेर विदा बसेपछि प्रसूति सेवा अवरुद्ध भएको थियो।

चिकित्सक विदा बस्नु अगाबै निक साइमनले अर्को चिकित्सक व्यवस्था गरेपछि मात्र विदामा बस्ने पाइन्छ। निक साइमन संस्थाले हरेक महिनामा दुई मात्र विदा दिने गरेको भए पनि उनीहरू सेवा नै ठप्प बनाएर लामो समय विदा लिने गरेको उदाहरण छन्। निक साइमन संस्थाले डाक्टर अशोक चौधरी र डाक्टर अनामिका मिश्रलाई नियुक्त गरेको छ। 

खाँदबारी अस्पतालमा प्रसूति सेवा अवरुद्ध भएको यो पहिलो पटक भने होइन। अस्पताल समितीले चिकित्सकलाई विदा नदिए पनि उनीहरू प्रशासनको मिलेमतोमा पटक-पटक सेवा अवरुद्ध गरेर विदामा बस्ने गरेका छन्। अस्पताल प्रशासन र समितिको तालमेल नहुदाँ यस्ता समस्या पटक-पटक दोहोरिने गरेको स्थानीयको भनाइ छ। 

खाँदबारी अस्पतालमा संखुवासभा, भोजपुरको षडानन्द नगरपालिका,साल्पा सिलिच्छो गाउँपालिका र धनकुटाको महालक्ष्मी नगरपालिकाबाट समेत प्रसूति सेवा लिन आउन गरेको पाइन्छ। अस्पतालमा २४ सै घण्टा प्रसूति सेवा अवरुद्ध भएपछि लाखौं रकम खर्चेर धरान, विराटनगर र इटहरी जाने गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.