काठमाडौं : नेपाल खाल्डोको पानी बाहिर गइसकेपछि बनेका प्राकृतिक तालमध्य एक हो कीर्तिपुरको टौदह। टौदह काठमाठौंबाट ७ किलोमिटरको दूरी दक्षिणकाली जाने बाटोमा पर्दछ।
टौवगुको अर्थ नेपालभाषामा ठूलो र दह भन्नाले पानी जमेर बनेको ठूलो पोखरी हो। उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल हो टौदह। ५ सय मिटर लम्बाई र ४ सय मिटर चौडाइ क्षेत्रफलमा यो पोखरी फैलिएको छ।
सुख्खायाममा ६ मिटर गहिरो टौदहले बुगद्यो रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको किम्बदन्तीसँग प्रत्यक्ष सम्बन्ध राख्दछ। कर्कट नागको बास रहेको विश्वास गरिने दहमा नागपञ्चमीका दिन मेला लाग्छ।
काठमाडौंबाट हराउँदै गएका कागका लागि यो दह आहारको श्रोत बनेको छ। यो पोखरीमा रहेका माछा कागका लागि राम्रो आहार हुन्। यहाँ रंगीचंगी विभिन्न आकारमा माछा पाइन्छन्।
यहाँ रानीपोखरीबाट पनि माछा ल्याएर छाडिएको छ। यहाँका माछा हेर्न तथा काठमाडौंको प्रदूषणलाई छल्दै प्राकृतिक सौन्दर्यमा रमाउन आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।