|

मेक्सिकोमा  नौ जना अमेरिकी नागरिकको हत्या भएको छ। 

६ जना बालबालिका र तीन महिलाको गोली  प्रहार गरी हत्या भएको अमेरिकी अधिकारीले जनाका छन्। उनीहरुको मेक्सिकोको उत्तरी क्षेत्रमा लागुऔषध तस्करको समूहले उनीहरुलाई गोली प्रहार गरेको आशंका गरिएको छ।

उनीहरु दशकौँ पहिले मेक्सिकोमा बसोबास गर्न गएका ब्रेकअवे मोर्मोन समुदायका रहेको बताइएको छ। मेक्सिकोका रक्षा मन्त्रीले उनीहरुको पहिचानमा गल्ती भएकाले लागुऔषध तस्करले समूहले आक्रमण गरेको हुन सक्ने बताएका छन्। मेक्सिकोको उत्तरी क्षेत्रमा रहेको सोनोरा राज्यमा दुई ठूला लागुऔषध तस्कर समूहबिच लामो समयदेखि झडप तथा विवाद हुँदै आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मारिएकाहरु राम्रो परिवार र साथीहरुको समूह रहेको बताएका छन्। दुई तस्कर समूहको झडपको चपेटामा उनीहरु परको भन्दै ट्रम्पले दुःख व्यक्त गरेका छन्। तस्कर विरुद्धको अभियानका लागि अमेरिका तयारी अवस्थामा रहेको उनले बताएका छन्।  अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबिआई) ले घटनाको छानबिनमा सहयोग गर्ने प्रस्ताव मेक्सिकोलाई गरेको छ।

मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले आफ्नो देशले निष्पक्ष र सार्वभौम रुपमा घटनामा संलग्न अपराधी पत्ता लगाउने बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.