|

जुम्ला : सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लामा कार्यरत सशस्‍त्र प्रहरी निरीक्षक अभिशेक थापाको उपचारका क्रममा मृत्यु भएको छ। मंगलबार साँझसम्म ड्युटी गरेर खाना खाएर सुतेका थापा बिहान एक्कासि बेहोस भएपछि  उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगिएको थियो।

उपचारका क्रममा  उनको मुत्यु भएको सशस्‍त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लाका एसपी सरत न्यौपानेले  जानकारी दिए। सशस्‍त्र प्रहरी निरीक्षक थापा दैलेख जिल्ला नारायणी नगरपालिका- ८ निवासी हुन्।

'मंगलबार राम्रोसँग ड्युटी भ्याएर खाना खाएर सकुशल सुतेका थिए। बुधबार बिहान एक्कासि बेहोस भएको थाहा पाएपछि उपचार गर्न  लगेका हौँ। तर बचाउन सफल भएनौँ', एसपी न्यौपानेले भने, 'डाक्टरका अनुसार हृदयाघातका कारण  मृत्यु भएको आशंका छ।'

अब परिवारसँग खबर गरेर  गाडी वा अन्य सवारीसाधनमा उनकै जिल्ला पठाएर कानुनी प्रक्रियाअनुसार  दाहसंस्कार  गरिने पनि एसपी न्यौपानेले  बताए। मृतक थापा  एक वर्षदेखि जुम्लामा बसेर सेवा गर्दै  आएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.