|

हेटौँडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जग्गाको कारण प्रदेश सरकार पीडामा रहेको बताएका छन्। प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हेटौँडामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन्।

कार्यक्रममा बोल्दै उनले कतिपय सार्वजनिक जग्गामा प्रदेश सरकारले काम गर्न चाहेता पनि वनका कारणले काम गर्न नसकेको बताए। उनले वन कार्यालय प्रदेश सरकारको मातहतमा आएता पनि वन क्षेत्रभित्रको गतिविधिमा संघीय सरकारले हस्तक्षेप गर्न खोजेको तर्क गरे।

बुधबार हेटौंडामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको स्थानीय तहसँगको साझेदारीमा सञ्चालन हुने कार्यक्रमको प्रस्ताविक कार्यविधिमा अन्तरक्रिया कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिले जग्गाको विषय हल गरिदिन आग्रह गरेपछि मुख्यमन्त्री पौडेलले सरकार नै यहि समस्यामा रहेको बताए। उनले संघीय सरकारसँग जग्गा प्राप्तिको लागि आवश्यक पहल गरेको समेत बताए।

मुख्यमन्त्री पौडेलले स्थानीय तहहरूलाई प्राप्त बजेटको सदुपयोग गर्दै गरेका कामहरूको निरन्तर अनुगमन, अवलोकन गर्नसमेत निर्देशन दिए। उनले स्थानीय सरकार, पदेश सरकार र संघीय सरकारबीच समन्वय र सहकार्यको आवश्यकता रहेको समेत बताए। उनले संघीयताको कार्यान्वयन गर्नको लागि सहकार्यको विकल्प नरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.