|

डडेल्धुरा :  चिकित्सा शिक्षा सुधारको माग गदै डा. गोविन्द केसीले सोमबारदेखि सुरु गरेको १७ औं चरणको अनशन चौथो दिन पनि जारी छ।

सदरमुकामस्थित डडेल्धुरा अस्पताल निजिकै रहेको निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको तेस्रो तलाको एउटा कोठामा केसी अनशन बसिरहेका छन्। डा.गोविन्द केसीले राखेका मागमा डोटीका विभिन्न ५ वटा संघसस्थाले ऐक्यबद्धता जनाएका छन्। डोटी उद्योग वाणिज्य संघको नेतृत्वमा बुधबार डडेल्धुरा पुगेको टोलीले डा.केसीले राखेका मागमा ऐक्यबद्धता जनाएको हो।

डडेल्धुरासहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका स्थानीय अगुवाहरुले सत्याग्रह स्थल पुगेर डा. केसीलाई भेट्दै ऐक्यबद्धता जनाइरहेका छन्। सुदूरपश्चिम प्रदेशका सांसद तथा नेपाली कांग्रेसका पार्टी सभापति कर्णबहादुर मल्लले पनि उनको सत्याग्रहप्रति ऐक्यबद्धता जनाएका छन्। 

थलिए केसी

अनशनरत डा.केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको छ। सदरमुकामस्थित डडेल्धुरा अस्पताल निजिकै रहेको निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको तेस्रो तलाको एउटा कोठामा अनशन बसिरहेका केसीको चिसोका कारण स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको हो।

चिसोका कारण अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रन थालेको र ब्लड प्रेसर घटेको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कंडेलले जानकारी दिए। उनका अनुसार केसीको ब्लडप्रेसर तलमाथि भइरहेको छ।

बुधबार बिहान मात्रै दुई पटक उनको स्वास्थ्य जाँच गरिएको थियो। उनको ब्लडप्रेसर ९०–६० र ६०–४० सम्म पुग्ने बढ्ने भइरहेको छ। 

‘हिजोसम्म उहाँको व्लड प्रेसर ठीकठीकै थियो। आज ९०÷६० माझरेको छ।’ निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कँडेलले भने,‘उहाँले आफू कमजोर भएको महसुस गर्नुभएको छ। उहाँमा जागर छैन।’ चिसोले डा. केसीको स्वास्थ्य झन् प्रतिकुल असर पर्नसक्ने पनि उनले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.