|

डोटी : डोटीको आदर्श गाउँपालिका–२ को वडाध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले उम्मेदवार चयन गरेका छन्।

नेकपाले रामबहादुर वोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको सो पार्टीका आदर्श गाउँ कमिटी अध्यक्ष गोविन्द पार्कीले जानकारी दिए। विद्यार्थी जीवनमै साविकको नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आवद्ध रही काम गरेका बोहरा पछिल्लो समय व्यापार व्यवसायमा क्रियासिल छन्। उनी दुर्घटनामा परि मृत्यु भएका पूर्ववडाध्यक्ष प्रेमबहादुरका नजिकका व्यक्ति हुन्।

यस्तै, नेपाली कांग्रेसले महादेव साउँदलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका जिल्ला सभापति प्रतीप देउवाले जानकारी दिए। पार्टीको आदर्श गाउँ इकाइ समिति सभापतिसमेत रहेका साउँद २०७४ को स्थानीय तह निर्वाचनमा सोही वडामा पराजित उम्मेदवार हुन्।

आदर्श गाउँपालिका-२ को वडाध्यक्षको निर्वाचनका लागि उक्त कार्यालय स्थापना गरिएको हो। वडाध्यक्ष प्रेमबहादुर बोहराको २०७५ साल जेठ १५ गते डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा भएको दुर्घटनामा परि मृत्यु भएपछि सो पद खाली भएको थियो।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

डोटीको आदर्श गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ। मंसिर १४ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश बिदुर काफ्ले मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरेका हुन्।

गाउँपालिकाका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू र सुरक्षा निकायको उपस्थितिमा कार्यालय स्थापना भएको निमित्त जिल्ला निर्वाचन अधिकारी दलबहादुर मलासीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.