|

दाङ : यहि मंसिर १४ गते दाङको निर्वाचन क्षेत्र नं. ३ (ख)मा हुन लागेको उपनिर्वाचनमा बिहीबार विभिन्न दलहरूले निकै तामझामका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङमा उम्मेदवारी दर्ता गरेका छन्।

उपनिर्वाचनका लागि मनोनयन दर्तालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन मुख्य निर्वाचन कार्यालयले बिहान १० बजेदेखि १ बजेसम्म समय तोकिदिएको थियो।  सोहीअनुरूप नेपाली कांग्रेसले करीब साढे ११ बजे र नेकपाले साढे १२ बजे मनोनयन दर्ता गराउने हुन्।

त्यसपछि अन्य दलहरूले उम्मेदवारी दर्ता गराए। उत्तरकुमार वलीको सवारी दुर्घटनामा परि निधन भएपछि प्रदेशसभा सदस्यको लागि दाङमा उपनिर्वाचन हुँदैछ। त्यसका लागि सत्तासिन दलको तर्फबाट स्व. वलीकी श्रीमती विमला वली र प्रतिपक्ष दल कांग्रेसको तर्फबाट केशवराज आचार्यले  उम्मेदवारी दर्ता गराएका छन्।

त्यसैगरी, साझा पार्टीको तर्फबाट शिवकुमार चौधरी, राप्रपाबाट भुपाल रावत, समाजवादी पार्टीबाट डिल्लीबहादुर डाँगी, राप्रपा संयुक्तबाट छोटीलाल चौधरी, राष्ट्रिय जनमोर्चाबाट डिलाराम बुढाथोकी, नेकपा माले हरिप्रसाद डाँगीले पनि मनोनयन दर्ता गर्ने गराए।

मनोनयन दर्तापछि दिउँसो १ बजेदेखि ३ बजेसम्म कार्यालयले मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने भएको छ। त्यसैगरी, २२ गते शुक्रबार उम्मेदवारको विरोधमा उजुरी दिने व्यवस्था गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस्तै, २३ गते विहान ११ बजेदेखि १ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरिने र सोही दिन २ बजेदेखि ५ बजेसम्म मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गरिने मुख्य निर्वाचन कार्यालयले जनाएको छ।

त्यसैगरी, २४ गते १० बजेदेखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय दिइएको छ, भने सोही दिन २ बजेदेखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ। कार्यालयले २५ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ।

यस्तै, घोराही उपमहानगरपालिका वडा नम्बर १६ को वडा अध्यक्षको निर्वाचनका लागि भने कार्तिक २७ गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.