|

दाङ : जिल्लाको घोराही ३ गोग्लीमा रहेको सगरमाथा सिमेन्ट उद्योगको निर्माणाधीन भवनबाट लडेर फेरि अर्का मजदुरको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारतको उडिसा घर भई उद्योगमा कार्यरत २७ वर्षीय अभय नायकको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी विनोदविक्रम शाहले बताए। कात्तिक १६ गते मात्रै भारतको उत्तर प्रदेश निवासी ४५ वर्षीय रमेशकुमार पटेलको सोही उद्योगको निर्माणाधीन भवनबाट लडेर मृत्यु भएको थियो।

बुधबार लडेर घाइते भएका नायकको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा बेलुका साढे ८ बजेतिर मृत्यु भएको थियो।

त्यसैगरी उद्योगको निर्माणाधीन भवनको छतबाट लडेका मध्य भारतको उडिसा घर रहेका अर्का मजदुर ३५ वर्षीय मानव वारिक गम्भीर घाइते भएका छन्। उनको हाल कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.