|

सर्लाही : जिल्लाको राजघाटमा मोटरसाइकल दुर्घट्ना हुँदा एक जनाको मृत्यु गएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्। 

हरकटवाबाट कर्मैयातर्फ जाँदै गरेको ना ६४ प ८५०३ नम्वरको मोटरसाइकल बिहीबार दिउँसो बागमती नगरपालिका ५,सोह्रघरे टोलमा दुर्घटना हुँदा धनकौल गाउँपालिका २ का १७ वर्षीय मोटर साइकल चालक परमानन्द महतोको हरिवनस्थित नमुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका सोही ठाउँका २८ वर्षीय अरबिन्दकुमार महतोको उपचार भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद यादवले जानकारी दिए। तीव्र गतिमा सवार मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको  प्रहरीले जनाएको छ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा लगिएको छ। बुधबार मात्रै ईश्वरपुर नगरपालिका १४ स्थित रानीगंज पुलमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा घटना स्थलमै एक जनाको ज्यान गएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.