राजनीति

पूर्वमन्त्री ‌ओझालाई कांग्रेसले सोध्यो, आरजुलाई अन्तरघात गर्ने कारण के?

कात्तिक २२, २०७६

    धनगढी : नेपाली कांग्रेसले पूर्व राज्य मन्त्री तथा पूर्व सांसद पुष्करनाथ ओझासहित  नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोधेको छ।

    पूर्वराज्यमन्त्री ओझासहित स्पष्टीकरण सोधिएका व्यक्तिहरूले सङ्घीय निर्वाचनमा देउवा पत्नी आरजु राणा देउवालाई र  प्रदेशका उमेदवारहरुलाई असहयोग गरेको आरोप लगाइएको छ। 

    देशभरिमा एक हजार दुई सय नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोधिदा कैलालीमा ठुलो सङ्ख्यामा नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोधिएको हो। कैलालीमा कारवाही पूर्व सोधिएको स्पष्टीकरणमा पर्नेमा क्षेत्र नम्बर ५ का नेता तथा कार्यकर्ता ७४ जना छन्।

    कैलाली क्षेत्र नम्बर–५ बाट राणा नेकपाका उम्मेदवार नारद मुनी रानासँग पराजित भएकी थिइन्। प्रदेश सभामा जीवन राना नेकपाकै नेपालु चौधरीसँग पराजित भएकी  थिइन्। प्रदेश सभा क मा भने कांग्रेसका डिल्लीराज पन्तले नेकपाका रमेश धामीलाई हराएका थिए। कांग्रेसको गड भनिएको क्षेत्रमै कांग्रेस हारेपछि अन्तरघात भएको भन्दै पूर्व राज्यमन्त्री ओझा सहितलाई स्पष्टीकरण सोधिएको हो।

    २०७० सालका कांग्रेस सभापति देउवा डडेल्धुरा र कैलालीको धनगढीबाट निर्वाचन लडेर दुवै स्थानमा जितेका थिए। देउवाले धनगढी छोडेर डडेलधुरा रोजेपछि भएको उपनिर्वाचनमा पूर्व राज्यमन्त्री ओझाले टिकट पाएका थिए। उनले टिकट मात्रै पाएनन् जित समेत हासिल गरे।

    तत्कालीन अवस्थामा कांग्रेसले जितेको स्थानमा देउवा पत्नी राणा हारेपछि  राज्यमन्त्री ओझाका नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोधिएको हो। सङ्घीय तथा प्रदेश निर्वाचनको परिणाम आए लगत्तै धनगढीमा भएको नेता तथा कार्यकर्ताको समीक्षा भेलामा अधिकांश वक्ताले सङ्घीय संसदकी उम्मेदवार आरजु राणालाई हराउन असहयोग गरेको भन्दै पूर्व मन्त्री पुष्करनाथ ओझालगायतलाई तत्काल कारबाही गर्न पार्टी नेतृत्वसँग आग्रह गरेका थिए।

    पार्टीको नगर सभापति नृप वड, क्षेत्रीय सभापति हरीश खड्का, वडा सभापति दीपेन्द्र बहादुर सिंहको सिफारिसमा उनीहरूमाथि स्पष्टीकरण सोधिएको अनुशासन समितिका संयोजक  भीष्मराज आङदेम्बेद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।  तर स्थानीय तहको निर्वाचनमा असहयोग गरेको भन्दै कारबाहीका लागि आफूले कसैलाई सिफारिस नगरेको धनगढी नगर सभापति नृप वडले बताए।

    उनले प्रदेश तथा सङ्घीय निर्वाचनमा असहयोग गरेको भन्दै आफू लगायत १० जनाले पूर्व राज्यमन्त्री ओझासहित २२ जनालाई कारवाहीका लागि सिफारिस गरिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]