|

पर्सा : अवैधरूपमा सीमापारीबाट ल्याई काठमाडौंतर्फ लान थालेको समयमा पर्सा प्रहरीले ट्रकसहित चौपाया नियन्त्रणमा लिएको छ। सहज रूपले सीमा कटाइ पर्साको बाटो हुँदै बाराको जितपुर पुर्‍याइ काठमाडौं लान ट्रकमा लोड गर्दै गरेको समयमा पर्सा प्रहरीले ती चौपाया र ट्रकलाई नियन्त्रणमा लिएको हो।

अवैध तरिकाले ल्याएका चौपायामा १२ वटा भैंसी र ११ वटा पाडापाडी रहेको पर्सा प्रहरीले जनाएको छ। यी चौपाया ना.५ख १९४७ नम्बरको ट्रकमा लोड गरी काठमाडौं लान लागेको थियो। सोही समयमा पर्सा प्रहरी मातहतको प्रहरीले नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले बताए।

'अध्यारो हुन थालेपछि त्यो समयलाई कारोवारीले उपयोग गर्दै ट्रकमा लोड गरी काठमाडौंका लागि हिँडाउदा रहेछन्। यो थाहा पाई पर्सा प्रहरी मातहतको प्रहरीले निगरानी बढाएर नियन्त्रणमा लिएको छ' उनको भनाइ। 

उनका अनुसार विगतमा पनि अवैध तरिकाले भारतबाट नेपाल ल्याइएका केही भैंसी र पाडापाडी प्रहरीले नियन्त्रणमा लिई आवश्यक कार्वाहीका लागि वीरगन्ज भन्सारमा पठाइएको थियो। फेरि अवैध तरिकाले चौपायाको पैठारी भएको फेला परेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

एक मुलुकबाट अर्को मुलुकमा चौपाया तथा पक्षीहरू निर्यात पैठारी गर्दा भन्सार नाकामा रहेको पशु क्वारेन्टाइनमा चेक गराएर मात्र आयात पैठारी गर्नुपर्ने प्रावधान रहेको छ। चौपायाको अवैध ढंगले कारोवार गर्नेले यो प्रावधानलाई उलंघन गरी गलतबाटो प्रयोग गर्ने गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.