|

अर्घाखाँची : शुक्ल एकादशीका दिन शुक्रबार औषधीय गुणयुक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ। हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिएको हो।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ। हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन्।

आजको दिन विधिपूर्वक जप, होमन गरेर तुलसीको होम लगाइन्छ भने यसरी अषाढ शुक्ल एकादशीमा रोपिएको तुलसीलाई आज पिपलसँग विवाह गरिदिने परम्परा पनि रहेको छ। तुलसीको मठको चारैतर्फ बाँसको लिंगो गाडेर  रगंरोगन गरेर श्रृंगारिन्छ। यसरी होमन लगाँउदा रुद्रि पूजा पनि गरिने चलन छ।

यति बेला अधिकांस किसानको  खेतमा धान पनि पाकिसकेको छ।  कतै धानका वाला पाक्ने तयारीमा छन्। नयाँ धानको चामल कुटेर त्यस्मा दही, सख्खर आदि मिसाएर न्वाँगी चढाउने र प्रसादका रूपमा ग्रहण गर्ने चलन पनि छ। यस अर्थमा आजको दिन यस वर्षको नयाँ अन्नको औपचारिक प्रयोग गर्ने दिन पनि हो।

आजको दिन भक्तालु बिहानैदेखि नदी तथा तलाउमा स्नान गरि चोखोभएर व्रत बस्ने अनि फलाहार तथा कन्दमुल चोखोनित खानेकुरा खाने परम्परा रहिआएको छ।

यसैबीच आजैका दिन परम्परागत दिउसी भैलो खेलेर वर्ष दिनको चाड तिहार पर्वलाई बिदाइ गर्ने चलन छ। गएरातिदेखि नै जिल्लाको सन्धिखर्क, चुत्राबेसी, ठाडादह, अमराइ सीतापुर, नरपानी, गच्छे आदि स्थानमा विभिन्न संघ, संस्था, क्लब समूहहरू दिउसी-भैलो खेलिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.