गुल्मी : हरिबोधनी एकादशीका दिन धार्मिक एवं पर्यटकीयस्थल रेसुंगा पोखरीमा स्नान गर्न जानेको भिड लागेको छ। हरिबोधनी एकादशीमा रेसुंगा पोखरीमा गएर स्नान गर्नाले अनजानमा गरिएका पाप नष्ट हुने र मनले चिताएका इच्छाहरू पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ।
यससँगै रेसुंगाको शीरमा रहेको मन्दिरमा पनि पूजाआजा गर्न जानेको भिड लागेको छ। धार्मिक एवं पर्यटकीयस्थल रेसुंगामा हरिबोधनी एकादशकिो दिनमा भैलो प्रतियोगिता पनि आयोजना गरिएको रेसुंगा संरक्षण समितिका अध्यक्ष शुरेशचन्द्र भुसालले जानकारी दिए।
पर्यटकीयस्थल रेसुंगालाई प्रचारप्रसार गरि पर्यटकीय रूपमा विकास गर्न भन्दै रेसुंगा नगरपालिका र गुल्मी दरवार गाउँपालिका सार्वजानिक बिदासमेत दिएका छन्। यस्तै गुल्मी , स्याङ्जा र पर्वतको संगमस्थल सेतीबेनी र पाल्पा र गुल्मीको संगमस्थल रुरुक्षेत्र धाममा पनि कालगिण्डकी नदी स्नान गर्नेहरूको भिड लागेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।