|

संयुक्त अरब इमिरेट्स (युएई) ले चाँडै नै व्हाट्स एपमा भएको भ्वाइस कल प्रतिबन्ध हटाउने तयारी गरेको छ। यसलाई मुलुकमा पहिलो पटक नि: शुल्क भ्वाइस ओभर इन्टरनेट प्रोटोकोल भिओआइपी सेवा चिन्ह लगाउन दिने भएको छ।

युएइको दूरसञ्चार प्राधिकरणले भिओआइपी धेरै जसो सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाएको छ। हाल स्काइप, ट्याङगो, फेस टाइम र भाइबरमा पनि प्रतिबन्ध लगाइएको छ। बोटिम, सिम र युजर च्याट मात्र युएइमा वैधानिक रुपमा सञ्चालित छन्।

सिएनबीसीसँगको अन्तर्वार्तामा युएइको राष्ट्रिय इलेक्ट्रोनिक सुरक्षा प्राधिकरणका कार्यकारी निर्देशक मोहम्मद अल कुवैतीले भने,'युएइले राष्ट्रिय सुरक्षा नीतिमा विशेष गरी फेसबुकको स्वामित्व रहेको व्हाट्स एपका साथ ठूला प्रविधि कम्पनीसँग सहकार्य गरेको हो।'

'व्हाट्स एपसँगको सहकार्य बढेको छ र तीमध्ये धेरैजसो प्रोजेक्टहरूमा हामीले राम्रोसँग बुझेका छौं', उनले भने, 'भ्वाइस कलका लागि त्यो प्रतिबन्ध हटाउन सकिन्छ। र यो छिट्टै हटछ। यो युएइमा टेलिकम्युनिकेशनसँग सल्लाह गरिरहेका छौं।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.