मुख्यमन्त्री पौडेललाई राजनीतिक सकस

|

सिन्धुपाल्चोक : अस्थायी राजधानी हेटौँडाबाट कामकाज भइरहँदा स्थायी राजधानी तोक्नमा प्रदेश सरकार जुटेको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन्। प्रदेशको स्थायी राजधानी र नामकरण गर्ने विषयमा संवैधानिक प्रक्रियाअनुसार अघि बढेको उनले बताए।

मुख्यमन्त्री पौडेलले शुक्रबार सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका ७ सेतीदेवी शारदा माध्यमिक विद्यालयको भवन उद्घाटन कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दे कुरा प्रदेशको राजधानी तोक्न र नामकरण गर्नेका लागि संवैधानिक प्रक्रिय सुरु भएको जनाएका हुन्। 

प्रदेशसभा दुईतिहाई बहुमतको सदस्य रहँदासमेत अहिलेसम्म प्रदेशको स्थायी राजधानी टुंगो लगाउँन नसकेकोमा विभिन्न आलोचना भइरहेको छ। संवैधानिक बाटोमा काम गर्न खोजेकाले समय लम्बिएको उनको दाबी छ। यद्यपि, प्रदेशको राजधानी कहाँ र के नामकरण गर्ने भन्नेमा भित्रि सहमति नजुट्दा सयम लम्बिएको स्रोतको दाबी छ।

सहमति वा संवैधानिक आधारबाटै प्रदेशको राजधानी तोकिने उनले दाबी गरे। प्रदेशसभामा सम्भावित राजधानीमा काभ्रे, भक्तपुर, नुवाकोट, हेटौँडा र चितवनको नाम प्रस्ताव गरिएको छ। तर, नेकपाभित्र व्यापकरूपमा राजधानी काभ्रे कि हेटौंडा भन्नेमा विवाद चुलिन थालेको छ।

प्रदेश ३ का १३ जिल्लाको सांसदले काभ्रे वा भक्तपुरलाई राजधानी बनाउँने भन्नेमा नेकपाभित्र बहस चलाएको स्रोत भनाइ छ। पार्टीले निर्णय गरेपछि प्रदेशसभाबाट वैधानिक प्रक्रियाबाटै प्रदेशको राजधानी र नामको टुंगोले तयारीमा जुटेको छ। प्रदेशसभाका ८० भन्दा बढी सांसदको काठमाडौं केन्द्रत रहेका छन्। त्यसैले काठमाडौं आसपास नै हुनेगरी सबै जिल्लाको केन्द्रमा राजधानी तोकिने सभ्भावना उतिकै छ।

पार्टीको निर्णयपछि मात्रै प्रदेशका राजधानी तोकिने भएकाले हेटौँडाको सम्भावना जिवितै रहेको बताइन्छ। प्रचण्डले हेटौँडालाई प्राथामिता दिएको स्रोतको दाबी छ। तर, प्रदेश ३ प्रदेशसभाका सांसदमध्ये बहुमतका साथ हेटौँडा अपायका राजधानी भएका प्रक्रिया दिँदै आएका छन्। जसले गर्दा हेटौँडा, भक्तपुरभन्दा काभ्रे प्रदेश राजधानी हुने सम्भावना धेरै रहेको छ। 

काठमाडौं उपत्यकाबाट निर्वाचत १ सय १० सांसद र सिन्धुपाल्चोक, काभ्रे,  रसुवा, नुवाकोट, सिन्धुली, रामेछाप, दोलखा र धादिङको मत पनि हेटौँडा हुनु हुँदैन भन्ने पक्ष अझै कायमै छ। प्रदेश ३ को राजधानी तोक्नको लागि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैले चाख नदिएको कारणले ढिलाइ भएको बताइन्छ।

प्रचण्डले अस्थायी राजधानी तोक्ने विषयमै हेटौँडा नै स्थायी राजधानी हुन्छ भन्नेमा थिए। अहिले पनि उनी हेटौँडालाई नै प्रदेश राजधानी बनाउँने लम्बिङमा जुटेको स्रोतको भनाइ छ। यता प्रधानमन्त्री ओलीले प्रदेश ३ को राजधानीको विषयमा बाहिरी रूपमो कुनै प्रतिक्रिय जनाएका छैनन्। नेकपाको सांसदको बहुमत धेरै भएकाले हेटौँडा प्रदेशको स्थायी राजधानी नहुने पक्कापक्की नै छ।

तर, मुख्यमन्त्री पौडेलको आफ्नो क्षेत्र भएकाले पौडेल स्वयं हेटौँडा नै राजधानी बनाउँने पक्षमा रहेको स्रोतको दाबी छ। अरू सांसदले हेटौँडा स्थायी राजधानी अडान राखेपछि मन्त्री पौडेलले बैठकमा राजधानी र नामको विषयलाई प्रवेश नदिने गरेको बैठकमा सहभागि सांसदहरू बताउँछन्।

स्थानीय तहमा उद्योगग्राम सञ्चालन

मुख्यमन्त्री पौडेलले प्रदेश ३ को सबै स्थानीय तहमा उद्योग सञ्चारग्राम सञ्चालनमा ल्याउने बताएका छन्। शुक्रबार बिहान बलेफी गाउँपालिका ७ मा प्रदेश सरकारको लगानीमा निर्मित भूकम्पपीडित युवा उद्यमी तालिम केन्द्र भवनको उद्घाटन गर्ने उद्योगग्राम सञ्चालनको तयारीमा रहेको बताए। 

प्रदेश सरकारले युवालाई उद्यममा जोडेर, उत्पादनमा लगाउने अभियान थालेको उनको भनाइ छ। कृषि उत्पादनले बजार नपाएका प्रति सरकारले कृषि उत्पादनका लागि बजार व्यवस्था गरिदिनेसमेत बताए।

स्थानीय सरकारको गुनासो

मुख्यमन्त्री पौडेललाई सिन्धुपाल्चोकका स्थानीय तहले गुनासो पोखेका छन्। बिहीबार साँझ सिन्धुपाल्चोक पुगेका मुख्यमन्त्री समक्ष स्थानीय तहका प्रमुखहरुले गुनासो पोखेका हुन्। मुख्यमन्त्री पौडेलसँग बलेफी, चौतारा साँगाचोकगढी, सुनकोसी, जुगल र लिसंखुपाखरका स्थानीय सरकार प्रमुखले भेटकाघाट गरेका थिए।

प्रदेश सरकारबाट स्थानीय तहबाट सोजेजस्तो बजेट नआएकाले विकासमा बाधा पुगेकोमा गुनासो गरेको हुन्। ग्रामीण सडकलाई बहुवर्षीय योजनामा समावेश गर्नुपर्ने उनीहरुले माग गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.