|

जनकपुरधाम : धनौजी गाउँपालिका–२ गोरदाहाबाट चितुवाको छालासहित तीनजना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका २८ वर्षीय सुनिल ढुंगेल, ३९ वर्षीय शिवकुमार महतो र धनौजी गाउँपलिका–४ का ३६ वर्षीय जयराम मण्डल छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको टोलीले उनीहरुलाई एक थान चितुवाको छालासहित पक्राउ गरेको हो।

प्रदेश नं.२–०२–००१ प ६०२८ नम्बरको मोटरसाइकलमा महेन्द्रनगरबाट भारततर्फ जाने क्रममा चेकजाँचको क्रममा तीनैजना पक्राउ परेको सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतिले जानकारी दिए। उनका अनुसार उनीहरुको साथबाट १३ हजार ३५५ रुपैयाँ सुनजस्तो देखिने धातुको एक थान अ‍ैंठी समेत बरामद गरिएको छ।

उनीहरु कहाँबाट चितुवाको छाला ल्याएको विषयमा केही खुलेका छैन। प्रहरी उपरीक्षक उप्रेतीले उनीहरुमाथि अनुसन्धान तथा कानुन बमोजिम कारबाही अगाडी बढाइएको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.