|

नेपाली यु–१९ फुटबल टिमले इरानमा जारी एएफसी यु–१९ च्याम्पियनसिप छनोट प्रतियोगितामा खराब प्रदर्शन जारी राखेको छ। पहिलो खेलमा युएइसँग फराकिलो हार ब्यहोरेको नेपाल दोस्रो खेलमा आयोजक इरानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

छनोटअन्तर्गत शुक्रबार भएको समूहको दोस्रो खेलमा इरानले नेपाललाई ४–० गोलले पराजित गर्‍यो। बलियो इरानलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा सोही लयलाई निरन्तरता दिन असफल हुँदा चार गोल खान पुगेको थियो।

अन्तिम १५ मिनेट सम्हालिन असफल हुँदा नेपाल चार गोल खान पुगेको थियो। खेलको ७७औं मिनेटमा मोहमदमहदी अहमादीले गोल गर्दै इरानलाई सुरुवाती अग्रता दिलाए। ८५औं मिनेटमा कप्तान अहमद रिजा जिलालीले गोल गर्दै इरानको अग्रता
२–० मा पुर्‍याए। त्यसपछिपनि इरानको गोल वर्षा जारी राख्यो। नेपालविरुद्ध लगातार आक्रमण गर्दा उसले ८६औं मिनेटमा तेस्रो गोल सम्भव बनायो। अलिरिजा मोनाजामीले टीमका लागि तेस्रो गोल गरेका थिए।

त्यसपछि खेलको ९० औं मिनेटमा एरिया बार्जेगरले गोल गर्दै इरानलाई ४–० को अबस्थामा पुर्‍याए। जितसँगै समूह डी को इरानले २ खेलमा ६ अंक जोडेको छ। इरान शीर्ष स्थानमा रहेको छ ।  पुछारमा रहेको नेपालले अंकविहीन छ।

छनोटको पहिलो खेलमा नेपाल युनाइटेड अरब इमिरेट (युएई) सँग पनि समान ४–० गोल अन्तरले  पराजित भएको थियो। इरानले भने पहिलो खेलमा किर्गिस्तानलाई ३–० गोल अन्तरले पराजित गरेको थियो। शुक्रबार भएको पहिलो खेलमा किर्गिस्तानले युएईलाई २–० ले पराजित गर्‍यो।

नेपालले छनोटको अन्तिम खेलमा आइतबार किर्गिस्तानको सामना गर्नेछ। प्रतियोगितामा समूहको शीर्ष टिमले फाइनल चरणमा स्थान बनाउने छ। जुन सम्भावनाबाट नेपाल पछि परिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.