|

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपालको कालापानी र लिपुलेक आफ्नो नयाँ नक्सामा समेटेपछिको परिस्थितिबारे छलफल गर्न सर्वपक्षीय बैठक बोलाएका छन्।

प्रधानमन्त्रीले आज दिउँसो ४ बजे बालुवाटारमा सर्वपक्षीय बैठक बोलाएका उनका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले जानकारी दिए। बैठकमा पूर्व-प्रधानमन्त्रीहरु, पूर्व- परराष्ट्र मन्त्रीहरू, राजनीतिक दलका नेता, सीमाविद्, परराष्ट्र मामिलाका जानकार लगायतलाई बोलाइएको छ।

भारतले कालापानीलाई आफ्नो नक्सामा समेटेपछि नेपालमा त्यसको व्यापक विरोध भइरहेको छ। विभिन्न राजनीतिक दल, तिनका संगठन र सरकारले नै भारतीय कदमको विरोध गरेका छन्। भारतले भने नयाँ नक्सामा कुनै फेरबदल नगरिएको दाबी गर्दै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.