|

काठमाडौं : अतिक्रमित टुँडिखेल क्षेत्रको संरक्षण गर्न सरकारलाई दबाब दिने उद्देश्यले ‘अकुपाई टुँडिखेल’ अभियान सुरु भएको छ। नागरिकस्तरबाट आयोजित यो अभियानलाई साथ दिन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्रीहरु हिसिला यमी, भीमसेनदान प्रधान, गगन थापा, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ, प्राध्यापक केदारभक्त माथेमालगायत खुलामञ्च क्षेत्रमा पुगिसकेका छन्।

सर्वसाधारणहरुले पनि यो अभियानमा साथ दिएका छन्। उनीहरूले ‘खुल्ला ठाउँलाई खुल्लै राखौं’, ‘पुर्खाको नासो जनताको हक’ लगायतका नारा लेखिएका प्लाकार्ड बोकेका छन्। अकुपाई टुँडिखेल नामक कार्यक्रम तीन महिनासम्म सञ्चालन गरिने अभियन्ताहरुले बताएका छन्।

टुँडिखेल कुनै समय एसियाकै ठूलो परेड मैदान थियो। तर अहिले टुँडिखेलको सानो हिस्सा खुलामञ्च सार्वसाधारणको पहुँचमा छ, तर त्यो पनि कुनै न कुनै नाममा अतिक्रमित भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.