|

काठमाडौं : निर्वाचन आयोगले मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूको आज  नामावली प्रकाशन गर्ने भएको छ।

मनोनयनपत्र जाँचबुझ गरी आज उम्मेदवारको नामावाली प्रकाशन गर्न लागिएको हो। आयोगले बिहीबार उम्मेदवारी मनोनयन दर्ता र शुक्रबार उम्मेदवारको विरोधमा उजुरी दिन समय तोकिएको भए पनि उम्मेदवारविरुद्ध कुनै उम्मेदवारविरुद्ध उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ।

आइतबार दिउँसो १ बजेसम्म नाम फिर्ता लिने समय दिइएको र भोलि ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी २५ गते सोमबार उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ।

प्रतिनिधिसभाको कास्की २ र प्रदेशसभा अन्तर्गत भक्तपुर १ (क), बाग्लुङ २ (ख) र दाङ ३ (ख)  लगायत विभिन्न स्थानीय तह गरी २७ जिल्लाका ५२ स्थानमा उपनिर्वाचन हुन लागेको हो। प्रतिनिधिसभा सदस्यतर्फ कास्कीमा नेकपाले विद्या भट्टराई र कांग्रेसले खेमराज पौडेललाई उम्मेदवार बनाएको छ।
 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.