|

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियताको आन्दोलनलाई सशक्त बनाउन कार्यकर्तालाई निर्देशन दिएका छन्। लिपुलेक कालापानीसहित नेपाली भूभागलाई भारतमा पार्नेगरी भारतले जारी गरेको नक्साको विरोधमा जारी आन्दोलनलाई सशक्त पार्न नेपाल विद्यार्थी संघका कार्यकर्तालाई निर्देशन दिएका हुन्।

शनिबार बिहान आन्दोलनरत नेपाल विद्यार्थी संघका कार्यकर्तालाई आफ्नै निवास बूढानीलकण्ठमा बोलाएर आन्दोलनलाई सशक्त पार्न निर्देशन दिएका हुन्। लैनचौरस्थित अस्कल क्याम्पसमा आन्दोलनरत विद्यार्थी नेताहरूलाई बोलाएर सभापति देउवाले सशक्त ढंगले आन्दोलन गरी राष्ट्रियता जगेर्ना गर्न निर्देशन दिएको नेपाल विद्यार्थी संघका नेता प्रकाश अर्यालले जानकारी दिए।

छलफलमा सभापति देउवाले आफूले नक्सा सच्याउन भारतीय राजदूत र कूटनीतिज्ञसँग आग्रह गरेको जानकारी दिँदै काठमाडौंमा आन्दोलनलाई चर्को बनाउन आग्रह गरेको उनले बताए। सभापति देउवाले शीर्ष तहका नेताहरुले भारतलाई नक्सा सच्याउन कूटनीतिक दबाब दिने र कार्यकर्ता तहबाट सडक चर्काउने योजनाअन्तर्गत रहेर काम गर्न कार्यकर्तालाई आग्रह गरेका अस्कलमा जारी आन्दोलनका संयोजकसमेत रहेका नेविसंघका नेता अर्यालले बताए।

कांग्रेस सभापति देउवाले भारतीय नक्सा सच्याउनका लागि दबाब दिन राष्ट्रिय एकता आवश्यक भएको पनि बताएका छन्। आफूले यो विषयमा सबै दलका शीर्ष नेता र प्रधानमन्त्रीसँग समेत छलफल गरिरहेको जानकारी कार्यकर्तालाई दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.