|
फोटो: dnaindia

काठमाडौं :  भारतीय सर्वोच्च अदालतले  बाबरी मस्जिद-राम मन्दिर विवादमाथिको अन्तिम फैसला गरेको छ। अदालतले अयोध्याको विवादित स्थल राम मन्दिरलाई दिन आदेश दिएको छ। 

४० दिनसम्मको लगातार सुनुवाइ भई गत अक्टोबर १६ मा सकिएपछि शनिबार मुख्य न्यायाधीशले उक्‍त आदेश सुनाएका हुन्। साथै मस्जिदका लागि छुट्टै जमिन दिन आदेश दिइएको छ।

१९४९ मा मस्जिदभित्र लुकाएर मूर्ति राखिएबाट सुरु भएको विवादमा ६० वर्षपछि सर्वोच्चले यस्तो फैसला सुनाएको हो। सुरुवाती मुद्दा उक्त मूर्ति मस्जिदको आँगनमा राखी रामको नियमित पूजा हुनुपर्नेमा सहमत हुन नसकेपछि यो विवाद बढेको थियो। 

तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले उक्त मूर्ति हटाउनका लागि निर्देशन दिँदासमेत तत्कालीन समयमा अस्वीकार हुँदै आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.