|

काठमाडौं : काठमाडौंको संकटा मन्दिरमा शनिबार पूजाआजा गर्नाले सम्पूर्ण दुख, कष्ट, पीर, दुर्घटनाको जोखिम र अन्य संकटहरू कम हुने जनविश्वास छ। यही जनविश्वासका कारण प्रत्येक हप्ताको शनिबार यहाँ शनिदेवताको पूजा गर्न भक्तजनहरूको ठूलो भिड लाग्‍ने गर्दछ।

अरू समयको शनिबारभन्दा कात्तिकको आजको शनिबार नवग्रह पूजाका लागि  महत्वपूर्ण भएको भन्दै आज यस मन्दिरमा पूजाआजा गर्न भक्तजनहरूको भिड लागेको छ। समयभन्दा आजको शनिबार शनिसंकटा मन्दिरमा भक्तजनहरूको बढी नै भिड देख्‍न सकिन्थ्यो।

नयाँ सडकस्थित यस मन्दिरको पहिलो तल्लामा संकटादेवी अवस्थित छन् भने तल्लो तल्लामा करुणामाई अवस्थित छन्।

शनिबार यस मन्दिरमा शनिदेवको पूजा गर्नुका साथै भगवान हनुमान तथा काली माताको पनि पूजा गरिन्छ। शनिबारलाई अकाल मृत्यु निवारण गर्ने बारको रुपमा पनि लिइन्छ।

यो दिन शनिदेवका साथै भगवान रुद्रको पूजा गरिन्छ। शनिबारको दिन कालो रंगको कपडा लगाउने र कालो वस्तु गरिबलाई दान गर्दा फल प्राप्ति हुन्‍छ भन्ने जनविश्वास रही आएको छ।

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.